नेकपा सचिवालय बैठकले आज चयन गर्ला सभामुख ? « Khabarhub

नेकपा सचिवालय बैठकले आज चयन गर्ला सभामुख ?


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो । बैठकमा सभामुखको उम्मेदवार बारे छलफल हुनेछ ।

आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ । त्यसअघि सभामुखको चयन गर्नका लागि सत्तारुढ दलको सचिवालय बैठक बोलाइएको हो ।
नेकपामा कसलाई सभामुख बनाउने भन्ने विवाद देखिएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा रहेका छन् भने अर्का अध्यक्ष प्रचण्ड अग्नी सापकोटालाई सभामुख बनाउन पहल गरिरहेका छन् ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि आफू सभामुख बन्नुपर्ने दाबी गरिरहेकी छिन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको नेकपा निकट नेताहरुको भनाइ छ ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेपछि उनी अहिले जेलमा रहेका छन् भने सभामुख पद रिक्त रहेको छ ।

संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने व्यवस्था रहेको छ । जसका कारण सत्तारुढ दलले सभामुख आफूले राख्नका लागि उपसभामुख छोड्नु पर्नेछ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ४ : ५५ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७