ओमनका नयाँ सुल्तानमा हैथाम बिन तारिक चयन « Khabarhub

ओमनका नयाँ सुल्तानमा हैथाम बिन तारिक चयन


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओमान–अत्यधिक धेरै समय शासन गर्ने शासकमध्येमा पर्ने ओमनका सुल्तान कबुसको निधन भएपछि नयाँ सुल्तान चयन गरिएको छ । हैथाम बिन तारिक नयाँ सुल्तान बनेका छन् ।

सुल्तान कबुसको ७९ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

आधुनिक अरबी देशका शासकमध्ये उनी धेरै समय शासन गर्ने शासकमा पर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुल्तान कबुसले सन् १९७० देखि अहिलेसम्म झण्डै ५० वर्ष ओमनमा शासन गरेका हुन् ।

उनले आफ्नै पितालाई अपदस्त गरेर शासन लिएका थिए ।

उनी केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गराइरहेका थिए । क्यान्सरकै कारण उनको निधन भएको बताइएको छ ।

सुल्तान कबुस अविवाहित भएकाले कुनै छोराछोरी नभएको र उत्तराधिकारी पनि कसैलाई नतोकेपछि उत्तराधिकारीको समस्या परेको थियो ।

उनले कसैलाई नतोकेपछि पारिवारिक बैठकबाट सुल्तान कबुसकै नाता पार्ने हैथाम बिन तारिकलाई नयाँ शाही शासकका रुपमा छनौट गरिएको छ ।

संस्कृति मन्त्रीसमेत रहेका ६५ वर्षीय हैथामलाई नियुक्त गर्ने निर्णय भएको सरकारी अधिकारीले शनिबार जनाएका छन् । “हैथाम बिन तारिकलाई देशको नयाँ सुल्तानका रुपमा सपथ ग्रहण गराइएको छ,” सरकारी अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

ओमनको संविधानमा एक जना शासकको निधनभएपछि तीन दिनभित्रमा नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था रहेको जनाइएको छ ।

अधिकांश विश्लेषकले कबुसका अर्का नातेर असद बिन तारिकलाई नयाँ सुल्तानका रुपमा हेरेका थिए ।

सन् २०१९ मा उनलाई उपप्रधानमन्त्री तथा अन्तरराष्ट्रिय सम्वन्ध र सहकार्य मामिला मन्त्रीमा नियुक्त गरिएकाले त्यतिबेलादेखि नै उनलाई भावी सुल्तानका रुपमा हेरिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ८ : ५८ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन