अमेरिका–इरान तनावबीच जापानी प्रधानमन्त्री मध्यपूर्व भ्रमणमा « Khabarhub

अमेरिका–इरान तनावबीच जापानी प्रधानमन्त्री मध्यपूर्व भ्रमणमा


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान : अमेरिका–इरान विवादबारे मध्यस्थताका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले शनिबार मध्यपूर्वको पाँच दिने भ्रमण शुरु गरेका छन् ।

भ्रमणका क्रममा आवेले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानका उच्च अधिकारीसँग भेटवार्ता गर्ने जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । यी मुलुकले मध्यपूर्वको अवस्थालाई स्थिर गर्नसक्ने जापानको विश्लेषण रहेको छ ।

प्रधानमन्त्री आवेले भने, “जापानको खाडी मुलुकहरू साउदी अरब, यूएई र ओमनसँगको मित्रतापूर्ण सम्बन्धका आधारमा त्यहाँका नेताहरूसँग मध्यपूर्वको राजनीतिक स्थिरताका लागि कूटनीतिक पहलका लागि आग्रह गर्नेछु ।”

भ्रमण टोकियोले सामुद्रिक आत्मरक्षा बल (एमएसडीएफ) का अधिकारी र हार्डवेयरको लागि सूचना सङ्कलन अभियानपूर्व भएकोले पनि विशेष महत्वका साथ हेरिएको छ । अभियान ओमनको खाडी र अरबी सामुद्रिक क्षेत्रमा सञ्चालन हुने तय भएको छ ।

प्रधानमन्त्री आवेले आफूले जापानी व्यवसायिक जहाजहरूको सुरक्षाको प्रत्याभूत गर्न ती खाडी मुलुकलाई जापानी अभियानको उद्देश्य बताउन र समर्थन प्राप्त गर्नका लागि भ्रमणलाई सदुपयोग गर्ने अनुमान गरिएको छ ।

यस बाहेक अमेरिका र इरानबीच पछिल्ला केही दिन यता बढेको तनाब मथ्थर गर्न खाडी मुलुकहरूका नेताहरूसँग वार्ताहरू हुने जापानले बताएको छ ।

प्रधानमन्त्री आवे आगामी बुधबार स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : २८ बजे

रास्वपामा गएको केही दिनमै एमालेमा फर्किए बामदेव गुरुङ

दाङ- घोराही उपमहानगरपालिका वडा नम्बर ४ का बामदेव गुरुङ नेकपा

निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक गर्नेगरि तयारी गरेका छौँ : आयोग

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक

गगनको ‘कोर क्षेत्र’ मा सचिनको घरदैलो (तस्बिरहरू)

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका

रविले सर्लाही टेकेपछि उत्साहित अमरेश सिंह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सर्लाही क्षेत्र