बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नु पर्छ : मन्त्री भट्टराई | Khabarhub Khabarhub

बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नु पर्छ : मन्त्री भट्टराई


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताएका छन् ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको उद्घाटन गर्दै उनले मुलुकबाट अध्ययनका लागि ठूलो मात्रामा बौद्धिक जनशक्तिसँगै पूँजी पलायन पनि डरलाग्दो रुपमा रहेकाले त्यसलाई राख्नुपर्ने बताए ।

विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपाल फर्काउन इक्यानले भूमिका खेल्नुपर्नेसमेत उनको भनाइ रहेको थियो । “विदेशमा भएर अध्ययन गर्नु राम्रो हो । तिनीहरुले विश्वमा भएको विकासको बारेमा सिक्न पाउँछन्”, उनले भने, “त्यहाँ अध्ययन गरेसकेपछि ती विद्यार्थीलाई नेपालमा फर्काउन सके मुलुकको समृद्धिमा सहयोग पुग्ने छ ।”

मन्त्री भट्टराईले १९८० को दशकमा विश्वमा रहेका चिनियाँ नागरिक आफ्नो मुलुक फर्केको उल्लेख गर्दै नेपालले पनि त्यसैगरी विश्वमा रहेका बौद्धिक व्यक्तिलाई फर्काउनुपर्नेमा जोड दिए । उनले विश्वमा नेपालको पर्यटन बजारलाई उपस्थित गराउन नेपाल भ्रमण वर्ष–२०२० शुरुआत गरिएको भन्दै इक्यानले पनि आफ्नो पहलबाट नेपालमा पर्यटक ल्याउन सहयोग गर्नुपर्ने धारणा राखे ।

“यहाँबाट लाखौं विद्यार्थी अध्ययनका लागि बाहिर गएका छन् । ती विद्यार्थीले आफ्नो कजेलमा नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराएर भ्रमण वर्षमा त्यहाँका कलेजबाट पनि पर्यटक ल्याउनु पर्दछ”, उनले भने । उनले भ्रमण वर्ष शुरुसँगै भौतिक पूर्वाधारका काम पनि सँगै हुने बताए ।

हिजोभन्दा राम्रो सेवा हाम्रो विमानस्थलले दिन थालेको भन्दै उनले नयाँ बन्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले विश्वका राम्रा विमानस्थलले दिने सेवा दिने धारणा राखे ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ८ : ४० बजे

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

ब्रसेल्स, बेल्जियम – युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा