स्पेनको मन्त्रीस्तरीय टोलीद्वारा पर्वतका पर्यटकीय स्थलको भ्रमण « Khabarhub

स्पेनको मन्त्रीस्तरीय टोलीद्वारा पर्वतका पर्यटकीय स्थलको भ्रमण


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– स्पेनका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेश रेडोण्डोको नेतृत्वमा लुम्बिनी फाउण्डेशनका पदाधिकारीसहितको टोलीले पर्वतका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइरहेका बेला राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित स्पेनी मन्त्री नुरियाको टोलीले जिल्लाको सबैभन्दा उचाइमा रहेको कालाञ्जर क्षेत्र र एशियाकै ठूलो महाशिलाको अवलोकन गरेको हो । उनीहरुले यी क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार कालाञ्जर क्षेत्रमा आएको टोलीले केही समय त्यहाँको अवलोकन गरी पुनः महाशिला पुगेको हो । पर्वतको मोदी गाउँपालिका–१, डाँडाकमेरेमा हेलिकोप्टरमार्फत आएको टोलीले उक्त क्षेत्रको सुन्दरता अवलोकन गरेको छ ।

सो अवसरमा स्थानीय मगर, गुरुङ, ब्राम्हण, दर्जी समुदायले आ-आफ्नो संस्कृति झल्कने गरी प्रस्तुतिहरु राखेका थिए । स्पेनका जनप्रतिनिधि र व्यवसायीको टोलीले हिमालको सुन्दर दृश्यको आनन्दसमेत लिएका थिए ।

मोदी गाउँपालिकाले व्यवस्थापन गरेको उक्त अवलोकन भ्रमणका अवसरमा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सन् २०२० मा अपेक्षा गरेभन्दा पनि बढी बाह्य पर्यटक भित्र्याउनका लागि अन्तरराष्ट्रिय समुदायको ठूलो भूमिका रहेको बताए ।

उनले यस्ता अवलोकन भ्रमणले पर्यटकीयस्थलको अन्तरराष्ट्रियस्तरमा समेत प्रचारप्रसार हुने बताउँदै संस्कृतिमन्त्री नुरियालाई त्यस देशका नागरिकलाई नेपाल घुम्नका लागि आह्वान गरिदिन आग्रह गरे ।

यसैगरी उक्त टोलीले एशियाकै ठूलो मानिएको महाशीला (ढुङ्गा)को पनि अवलोकन गरेको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीमा रहेको महाशीलामा पुगेको टोली ढुङ्गा देखेपछि दङ्ग परेका थिए ।

सोही अवसरमा महाशीला गाउँपालिकाको आन्तरिक भ्रमण वर्षको लोगोसमेत स्पेनी मन्त्री नुरियाले सार्वजनिक गरेको थिए । सो अवसरमा स्पेनी मन्त्रीसहितको टोलीलाई मोदी गाउँपालिकामै उत्पादन गरिएको अल्लोको कपडा र नेपालको झण्डा प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ८ : १५ बजे

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा