स्पेनको मन्त्रीस्तरीय टोलीद्वारा पर्वतका पर्यटकीय स्थलको भ्रमण | Khabarhub Khabarhub

स्पेनको मन्त्रीस्तरीय टोलीद्वारा पर्वतका पर्यटकीय स्थलको भ्रमण


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– स्पेनका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेश रेडोण्डोको नेतृत्वमा लुम्बिनी फाउण्डेशनका पदाधिकारीसहितको टोलीले पर्वतका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइरहेका बेला राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित स्पेनी मन्त्री नुरियाको टोलीले जिल्लाको सबैभन्दा उचाइमा रहेको कालाञ्जर क्षेत्र र एशियाकै ठूलो महाशिलाको अवलोकन गरेको हो । उनीहरुले यी क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार कालाञ्जर क्षेत्रमा आएको टोलीले केही समय त्यहाँको अवलोकन गरी पुनः महाशिला पुगेको हो । पर्वतको मोदी गाउँपालिका–१, डाँडाकमेरेमा हेलिकोप्टरमार्फत आएको टोलीले उक्त क्षेत्रको सुन्दरता अवलोकन गरेको छ ।

सो अवसरमा स्थानीय मगर, गुरुङ, ब्राम्हण, दर्जी समुदायले आ-आफ्नो संस्कृति झल्कने गरी प्रस्तुतिहरु राखेका थिए । स्पेनका जनप्रतिनिधि र व्यवसायीको टोलीले हिमालको सुन्दर दृश्यको आनन्दसमेत लिएका थिए ।

मोदी गाउँपालिकाले व्यवस्थापन गरेको उक्त अवलोकन भ्रमणका अवसरमा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सन् २०२० मा अपेक्षा गरेभन्दा पनि बढी बाह्य पर्यटक भित्र्याउनका लागि अन्तरराष्ट्रिय समुदायको ठूलो भूमिका रहेको बताए ।

उनले यस्ता अवलोकन भ्रमणले पर्यटकीयस्थलको अन्तरराष्ट्रियस्तरमा समेत प्रचारप्रसार हुने बताउँदै संस्कृतिमन्त्री नुरियालाई त्यस देशका नागरिकलाई नेपाल घुम्नका लागि आह्वान गरिदिन आग्रह गरे ।

यसैगरी उक्त टोलीले एशियाकै ठूलो मानिएको महाशीला (ढुङ्गा)को पनि अवलोकन गरेको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीमा रहेको महाशीलामा पुगेको टोली ढुङ्गा देखेपछि दङ्ग परेका थिए ।

सोही अवसरमा महाशीला गाउँपालिकाको आन्तरिक भ्रमण वर्षको लोगोसमेत स्पेनी मन्त्री नुरियाले सार्वजनिक गरेको थिए । सो अवसरमा स्पेनी मन्त्रीसहितको टोलीलाई मोदी गाउँपालिकामै उत्पादन गरिएको अल्लोको कपडा र नेपालको झण्डा प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ८ : १५ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका