विहीबारदेखि बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको  खोप लगाइँदै « Khabarhub

विहीबारदेखि बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको  खोप लगाइँदै


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

रुकुम- आगामी फागुन १ गतेबाट देशैभरी दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिँदैछ । यसै क्रममा रुकुमपूर्वमा चार हजार ५७९ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ ।

तीन मात्र स्थानीय तह रहेको जिल्लाको सिस्ने गाउँपालिकामा एक हजार ४२०, भूमे गाउँपालिकामा एक हजार ५९७ र पुथा उत्तरगङ्गा गाउँपालिकामा एक हजार ५६२ पाँच वर्ष मुनिका बालबालिका छन् ।

सो अभियानका लागि जिल्लामा १६ खोप कार्यकर्ता र २८८ स्वयंसेवक खटाइने बताइएको छ । खोप अभियान पहिलो चरणमा भुमेमा फागुन १ देखि ९ गतेसम्म सञ्चालन गरिने भएको छ ।

त्यसैगरी दोस्रो चरणमा फागुन १० गतेबाट १८ गतेसम्म पुथा उत्तरगङ्गा र तेस्रो चरणमा फागुन २० देखि २८ गतेसम्म सिस्नेमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुकुमकोटले जनाएको छ । फागुन १ गतेबाट शुरु हुन गइरहेको खोप अभियानको सम्पूर्ण तयारी सकिएको स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख शिव शार्कीले बताए ।

उनका अनुसार सबै स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरिसकिएको छ । त्यसैगरी स्वास्थ्य शाखा प्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, खोप दिने स्वास्थ्यकर्मी, स्वयंसेवक सबैलाई प्रशिक्षण दिइएको छ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : ०१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी