वाइफाइले काम नगरेर हैरान हुनुहुन्छ, यसकारण अव चिन्ता नलिनोस | Khabarhub Khabarhub

वाइफाइले काम नगरेर हैरान हुनुहुन्छ, यसकारण अव चिन्ता नलिनोस


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाइफाइले काम नगरेर तपाई पक्कै पनि हैरान हुनुहुन्छ होला । यदि त्यस्तो समस्या खेपिरहनु भएको छ भने अव सामसुंगले तपाईको हैरानी अन्त्य गरिदिने भएको छ ।

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुंगले अहिलेसम्मको सबैभन्दा तीब्र गतिको वाइफाइको विकास गरेको दाबी गरेको छ ।

सामसुंगका अनुसार अत्याधुनिक वाइफाइ प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ ।

कम्पनीका अनुसार ६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीको यो प्रविधिले १ जीबीको भिडियो फाइललाई ३ सेकेण्ड भन्दा पनि कम समयमा ट्रान्सफर वा डाउनलोड गर्न सकिनेछ ।

यो उच्चगतिको वाइफाइ प्रविधिबाट एचडी भिडियोहरुलाई वास्तविक समयमै ट्रान्सफर वा स्टि्रमिङ गर्न सकिनेछ । अहिले बजारमा उपलब्ध रहेका वाइफाइ राउटरहरुले २, ४ र ५ गिगाहर्जको वायरलेस च्यानल प्रयोग गर्ने गर्दछन् ।

सामसुंगका अनुसन्धान तथा विकाश केन्द्रका प्रमुख किम चाङ योंगले जारी आइतबार विज्ञप्ती जारी गर्दै भने ‘सामसुंगले ६० गिगाहर्ज वाइफाइ प्रविधिको व्यवसायीकरणमा रहेको बाधा सफलतापूवर्क पार गरेको छ ।’

६० गिगाहर्ज वाइफाई प्रविधिलाई अर्को वर्षदेखि व्यवसायिक रुपमा बजारमा ल्याउने लक्ष्य सामसुंगको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : ३१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग