पशुपति आउने भक्तजनलाई ‘नमस्कार’ अभियान « Khabarhub

पशुपति आउने भक्तजनलाई ‘नमस्कार’ अभियान


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान शुरु गरिएको छ ।

पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान शुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरना भाइरसजस्ता सङ्क्रामक रोगको सङ्क्रमण फैलिएका बेला बच्नसमेत सहयोग पुग्ने भएकाले पनि यो अभियान आवश्यक रहेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।

नीति वचनमा पनि भनिएको छ-

‘अभिवादन शीलस्य नित्यं वृद्धोपसेविनः ।

चत्वारि तस्य वर्धन्ते आयुविद्या यशो बलम् ।।’

अर्थात् नित्य आफूभन्दा अग्रजलाई नमस्कार गर्ने, ज्येष्ठ नागरिकको सेवा गर्ने व्यक्तिको आयु, विद्या, यश र बल बढ्छ भनिएको छ । यो संस्कारलाई नेपालीको घरघर र मनमनमा पुर्‍याउन कोषले अभियान शुरु गरेको उनले बताए ।

“अभियान शुरु गरिसकेपछि हामी किराँतेश्वर सङ्गीत आश्रमको औपचारिक कार्यक्रममा गएका थियौँ, त्यहाँ हामीले कसैसँग हात मिलाएनौँ, सबैलाई नमस्कार ग¥यौँ, यसलाई सबैले सहर्ष स्वीकार गर्नुभयो, त्यस कार्यक्रममा सहभागीले पनि हात नमिलाई नमस्कार अभिवादनमै लाग्ने प्रतिबद्धता जनाउनुभयो”, सदस्य सचिव ढकालले भने ।

यसवर्षको महाशिवरात्रिदेखि कोषले नमस्कार गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

नेपालीले आफ्ना संस्कार र संस्कृति भुलेर पश्चिमी संस्कार नै आफ्नो संस्कार सम्झन थालेकाले जागरणका लागि यो अभियान शुरु गरिएको हो ।

यो अभियान शुरु भएसँगै अब पशुपति क्षेत्रमा आउने जोसुकै भक्तजनलाई हात नमिलाई नमस्कार अभिवादनमा लाग्न आह्वान गरिएको कोषले जनाएको छ ।

कोषले विसं २०७४ चैत २० गतेदेखि पशुपति क्षेत्रबाट मगन्तेरहित अभियान शुरु गरेको थियो ।

त्यसलाई अहिले काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभर लागू गरिरहेको छ । रचनात्मक कामको शुरुआत पशुपति क्षेत्रबाट भएकामा दर्शनका लागि त्यहाँ पुगेका मुगुका चन्द्रमान मल्लले स्वागत गरे ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्