मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आईजीपीकाे टुङ्गाे लगाइने  « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आईजीपीकाे टुङ्गाे लगाइने 


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डाै–  नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी ) टुंगो लगाउन आज मन्त्रिपरिषद् बैठक भएको छ । साेमबार बसेको बैठकले आईजीपी छान्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

साेमबारकाे बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्ने बारे सामान्य छलफल भएको थियो । नयाँ आईजीपीका लागि प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्यायले दाबेदारी प्रस्तुत गरेका छन् ।

महानिरीक्षक सर्वेन्द्रनाथ खनालले आजै अवकाश पाउने भएपछि नयाँ आईजीपी बनाउन लागिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण अवकाश पाउने भएपछि नेपाल प्रहरीको प्रमुख पद रिक्त हुँदैछ ।

यसैबीच आज बस्ने बैठकले कोरोना भाइरसबाट आक्रान्त बनेको चीनमा रहेका नेपालीहरुलाई कहिले स्वदेश फर्काउने भन्ने मिति समेत तय गर्ने स्रोतले जनाएको छ । स्रोतका  अनुसार सोमबार बसेको बैठकमा चीनमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा छलफल भए पनि कहिले ल्याउने भनेर टुंगो लाग्न सकेको थिएन ।

सरकारले चीनबाट नेपाली विद्यार्थी चाँडै फर्काउने भन्दै तयारी तीव्र पारे पनि कहिले ल्याउने भन्ने मिति भने अझै टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : ३७ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका