किन घरबाट निस्कन चाहँदैनन् फुटबलर पेले ? « Khabarhub

किन घरबाट निस्कन चाहँदैनन् फुटबलर पेले ?


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व फुटबलका महान खेलाडी पेले स्वास्थ्य अवस्थाका कारण घर बाहिर निस्कन मन नगर्ने अवस्थामा रहेको उनका छोराले बताएका छन् । तीनपटक विश्वकप फुटबलको उपाधि जितेका पेलेको स्वास्थ्य अवस्था हाल कमजोर छ ।

अरु कसैको सहयोग बिना हिँड्न नसक्ने अवस्थामा रहेका पेलेले घर बाहिर निस्कने इच्छा नै नगर्ने गरेको उनका छोराले बताएका हुन् । पेलेलाई गएको वर्ष युरिनरी इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो ।

७९ वर्षका पेलेको हिपमा पनि केही समय समस्या देखिएको थियो । अहिले उनलाई हिँड्नका लागि फ्रेमको खाँचो पर्छ।

पछिल्लो समय भएका उनका अधिकांश सार्वजनिक उपस्थिति ह्वीलचियर मार्फत नै थिए । उनका छोरा एडिन्होले टिभी ग्लोबोसँग भनेका छन्, ‘उहाँ अति निश्क्रिय र एक्लै बस्न रुचाउने हुनु भएको छ ।’

पेलेले आफ्नो २१ वर्षको फुटबल जीवनमा १३ सय ६३ खेलमा कीर्तिमानी १२ सय ८१ गोल गरेका छन् । उनले ब्राजिलका लागि ९१ खेलमा ७७ गोल गरेका हुन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : १६ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान