घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ « Khabarhub

घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित पक्राउ गरेको हो ।

वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस/कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको समेत विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले अधिकारीद्वयलाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए।

पक्राउ परेका निजहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ५२ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५