कुखुरा फर्ममा आगलागी हुँदा १२ लाख बराबरको क्षति « Khabarhub

कुखुरा फर्ममा आगलागी हुँदा १२ लाख बराबरको क्षति


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको विन्दवासिनी गाउँपालिका–४ मधुवनस्थित एउटा कुखुरा फर्ममा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार स्थानीय लालझडी देवीले सञ्चालन गरेको सचिन पोल्टीफर्ममा सोमबार साँझ ६ः३० बजेतिर विधुत सर्ट आगलागी भएको थियो ।

आगलागीबाट पोल्टी फार्ममा रहेको ३ वटा ग्यास सिलिण्डरसहित कुखुराका चल्ला २ हजार १ सय गरी विभिन्न धनमाल जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दमकल र स्थानीयको सहयोगमा करिब १ घण्टाको बीचमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा कूल १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ११ : १६ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले