कोरोनाको महामारी बढ्दै गएपछि चीनमा कर्मचारीमाथि कारबाही « Khabarhub

कोरोनाको महामारी बढ्दै गएपछि चीनमा कर्मचारीमाथि कारबाही


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार नाघेसँगै चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही अधिकारीमाथि कारबाही गरेको छ ।

पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको छ ।

१ हजार १४ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको छ ।

चीन सरकारले कोरोना महामारी नियन्त्रणका लागि खटाइएका केही अधिकारीहरुके कामप्रति असन्तष्टि जनाउँदै उनीहरुलाई कारबाही गरेको छ ।

कारबाहीमा पर्ने सबैभन्दा माथिल्लो तहका अधिकारीमा चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे प्रान्तको स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा आयोगका प्रमुख छन् । सरकारले उनको एक तह घटुवा गरिदिएको छ ।

यस्तै, चन्दा हिनमिना गरेको आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशकलाई पदमुक्त गरिएको छ । पदबाट बर्खास्तीमा परेका रेडक्रसकर्मीको नाम भने खुलाइएको छैन ।

कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा आजैदेखि उपचार, रोकथामका उपायहरुको काम थालेको छ ।

अन्तराष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको टोली सोमबार चीन पुगेको थियो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार तीन हजार नौ सय ९६ जनालाई उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको छ ।

ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनले दावी गरेको छ ।

हुबेको स्वास्थ्य आयोगले सोमबार दुई हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । आइतबार सङ्क्रमण हुनेको सङ्ख्या २ हजार ६ सय १८ रहेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ११ : ३३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण