सुन्तला खेतीबाट वर्षमा ३० करोड आम्दानी « Khabarhub

सुन्तला खेतीबाट वर्षमा ३० करोड आम्दानी


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- यस वर्ष सुन्तला बिक्रीबाट ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ ।

उत्पादित चार हजार ७ सय ६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने गरेको छ ।

करीव दुई करोड मूल्य बराबर आन्तरिकरुपमा खपत हुने र बाँकी अन्य जिल्लामा जाने गरेको केन्दका निमित्त कार्यालय प्रमुख योगन्द्रप्रसाद यादवले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष २८ करोड २९ लाख ४४ हजार बराबरको सुन्तला बिक्री भएको थियो ।

जिल्लामा ७ सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनका लागि योग्य जमिन भए पनि हाल ५ सय ८७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ ।

जिल्लाभर २८७ ठूला बगैँचा तथा सामान्यरुपमा पनि सो खेती हुने गरेको केन्द्रले जनाएको छ । अन्य बालीको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी र किन्नका लागि ठेकेदार बगैँचामै आउने भएका कारण कृषक सुन्तला खेतीमा आकर्षित हुने बताइएको छ ।

टेम्केमैयुङ गाउँपालिका–२ छिनामुखुका सुन्तला कृषक सुमन प्रधानले भने, ‘पहिला धरान, इटहरी ढाकार डोकोमा बोकेर सुन्तला बेच्नुपर्ने अवस्था थियो, अहिले बगानमै ठेकेदारको लर्को लाग्छ, थोरै मेहनतमा आम्दानी पनि राम्रो छ ।’

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, भोजपुर नगरपालिकाको देउराली, हेलौछा, आम्तेक, बोखिम, पालुवा, दावा, हतुवागढी गाउँपालिकाको रानीवास, अरुण गाउँपालिकाको साङपाङ, प्याउली षडानन्द नगरपालिकाको मुलपानीलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ ।

सुन्तला उत्पादन हुने क्षत्रमा प्रदेश तथा केन्द्र सरकारले सुन्तलाको पकेट तथा ब्लग स्थापना गरी कृषकलाई अनुदानको व्यवस्था गरेसँगै यसतर्फ झनै कृषक आकर्षित भएका हुन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ११ : ५३ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित