कांग्रेसले गच्छदारको बचाउमा अब संसद बैठक अवरुद्ध नगर्ने | Khabarhub Khabarhub

कांग्रेसले गच्छदारको बचाउमा अब संसद बैठक अवरुद्ध नगर्ने


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विरोध जनाउँदै आएको नेपाली कांग्रेसले मंगलबार भने संसद बैठक अवरुद्ध नगर्ने भएको छ ।

मंगलबार बिहान सिंहरदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले ललिता निवास प्रकरणलाई लिएर अब संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको हो ।

बालुवाटारको ललिता निवास क्याम्पअन्तर्गतको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

जसमध्येका १ सय १० जनालाई भ्रष्टाचार गरेको अभियोगमा बिगो तथा सजाय मागदाबी गर्दै प्रतिवादी बनाइएको थियो भने ६५ जनालाई जग्गा तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।

अख्तियारले नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय गच्छदारलाई समेत भ्रष्टाचार गरेको भन्दै प्रतिवादी बनाएको थियो । अख्तियारले गच्छदारविरुद्ध ९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।

बुधबार मुद्दा दर्ता भएयता कांग्रेसले ३ वटा प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । गत बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधिसभा बैठक कांग्रेसको अवरोधका कारण स्थगित गरिएको थियो ।

आइतबारको बैठकमा कांग्रेसले अवरोध सिर्जना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आज (मंगलबार) दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।

आजको बैठकमा सन्देश टेबुल, प्रतिवेदन पेश, व्यवस्थापन कार्य र शोक प्रस्ताव पेश गर्नेसम्बन्धी कार्यसूची छन् ।

आजको बैठकको पहिलो कार्यसूचीअन्तर्गत ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १२ : ४८ बजे

देउवाको घरमा ‘जलेका नोट’ भेटिएकोबारे कांग्रेस बैठकमै उठ्यो प्रश्न

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनका

जनताले महसुस गर्ने गरी काम गर्छौं : सञ्चारमन्त्री खरेल

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दसैँ सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो

काठमाडौं– बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ

पाकिस्तानी हवाई आक्रमणमा २३ जनाको मृत्यु

एजेन्सी– पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार