ओमानले अमेरिकालाई दियो २ सय ७७ रनको लक्ष्य « Khabarhub

ओमानले अमेरिकालाई दियो २ सय ७७ रनको लक्ष्य


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा ओमानले अमेरिकालाई २ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभर पूरा खेल्दै ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको हो ।

अमेरिकाकी बलरमाथि ओमानका कप्तान जिसन मक्सुद र अलराउण्डर आकिब इलियासले दोहोरो शतकिय इनिङ्स खेल्दै टोलीका लागि २ सय १७ रनको योगदान गरेका गरेका थिए । त्यसक्रममा कप्तान मक्सुद र इलियास दुवै जनाले शतक पूरा गरे । जसमा मक्सुदले १०९ बलमा १० चौका र ४ छक्काको मद्दतमा १०९ रन बनाएर आउट भएका थिए ।

यता, इलियासीले १ सय २३ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै १ सय ५ रन बनाए । उनी जारी शृङ्खलामा लागातार दोस्रो शतक बनाउने एक मात्रै खेलाडी हुन् । यसअघि उनले नेपालविरुद्ध शतक प्रहार गरेका थिए ।

योसँगै लिग २ मा सर्वाधिक रन बनाउनेमा इलियासी शीर्ष स्थानमा छन् । उनले १० खेलमा ६ सय ७ रन बनाएका छन् भने दोस्रो स्थानमा अमेरिकाका आरोन जोन्स छन् । उनको ३ सय ६३ रन रहेको छ । यस्तै, ओमानका लागि सन्दीप गौडले १२ र खबार अलिले १० रन बनाएका थिए ।

ओमानविरुद्ध अमेरिकी टोलीले कमजोर प्रदर्शन जारी राखेको छ । टस जितेर फिल्डिङ रोेजेको अमेरिकाका लागि कप्तान सौरभ नेत्रभाल्कर र रस्टी थेरमले समान ३– ३ विकेट लिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १ : १३ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई