ओमानले अमेरिकालाई दियो २ सय ७७ रनको लक्ष्य « Khabarhub

ओमानले अमेरिकालाई दियो २ सय ७७ रनको लक्ष्य


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा ओमानले अमेरिकालाई २ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभर पूरा खेल्दै ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको हो ।

अमेरिकाकी बलरमाथि ओमानका कप्तान जिसन मक्सुद र अलराउण्डर आकिब इलियासले दोहोरो शतकिय इनिङ्स खेल्दै टोलीका लागि २ सय १७ रनको योगदान गरेका गरेका थिए । त्यसक्रममा कप्तान मक्सुद र इलियास दुवै जनाले शतक पूरा गरे । जसमा मक्सुदले १०९ बलमा १० चौका र ४ छक्काको मद्दतमा १०९ रन बनाएर आउट भएका थिए ।

यता, इलियासीले १ सय २३ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै १ सय ५ रन बनाए । उनी जारी शृङ्खलामा लागातार दोस्रो शतक बनाउने एक मात्रै खेलाडी हुन् । यसअघि उनले नेपालविरुद्ध शतक प्रहार गरेका थिए ।

योसँगै लिग २ मा सर्वाधिक रन बनाउनेमा इलियासी शीर्ष स्थानमा छन् । उनले १० खेलमा ६ सय ७ रन बनाएका छन् भने दोस्रो स्थानमा अमेरिकाका आरोन जोन्स छन् । उनको ३ सय ६३ रन रहेको छ । यस्तै, ओमानका लागि सन्दीप गौडले १२ र खबार अलिले १० रन बनाएका थिए ।

ओमानविरुद्ध अमेरिकी टोलीले कमजोर प्रदर्शन जारी राखेको छ । टस जितेर फिल्डिङ रोेजेको अमेरिकाका लागि कप्तान सौरभ नेत्रभाल्कर र रस्टी थेरमले समान ३– ३ विकेट लिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १ : १३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल