लमजुङमा नगरपालिकाका वडाध्यक्षमाथि लाग्यो कुखुरा चोरेको आरोप | Khabarhub Khabarhub

लमजुङमा नगरपालिकाका वडाध्यक्षमाथि लाग्यो कुखुरा चोरेको आरोप


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेसीशहर– लमजुङको बेसीशहर नगरपालिका–९ का निर्वाचित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चोरीको आरोपमा उजुरी परेको छ ।

शेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बरालविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार वडाध्यक्ष बरालले गत मंगलबार (माघ २१ गते) आफ्नो फर्मको ढोका फोडेर कुखुरा चोरी गरी लगेको भन्दै राउतले उजुरी दिएका छन् । वडाध्यक्ष बरालले आफ्नो फर्मबाट ५ सय जति कुखुरा चोरी गरेर लगेको राउतको आरोप छ ।

तर, वडाध्यक्ष बरालले भने चोरी गरेको नभइ किसान राउतकै अगाडिबाट कुखुरा उठाएर लगेको बताएका छन् । खबरहबको सम्पर्कमा आएका वडाध्यक्ष बरालले आफ्नो ऋण नतिरेपछि राउतको फर्मबाट कुखुरा उठाएको बताए ।

‘वडाध्यक्षमा निर्वाचित हुनु अगाडि म पसल सञ्चालन गरेर बस्दै आएको थिएँ । मविरुद्ध उजुरी दिने राउतजीले २०७३ सालदेखि मेरो पसलबाट कुखुराको दानादेखि कुखुराका चल्ला र कुखुरा नै पैसा नतिरी उदारोमा लैजाने गर्नुहुन्थ्यो । अहिलेसम्मको हिसाव गर्दा उहाँले मलाई १ लाख ६६ हजार रुपैयाँ तिर्न बाँकी छ,’ वाडध्यक्ष बरालले खबरहबसँग भने, ‘पछिल्लो करिब ४५ दिन अगाडि पनि उहाँले मबाट ४ सय ६० वटा कुखुरा पैसा नतिरी पाल्छु भनेर उधारोमा लिनुभएको थियो । तर, मेरो पैसा नतिरी उहाँले ती कुखुरा अन्य व्यक्तिलाई बेच्न लागेको थाहा पाएपछि मैले आफ्नै कुखुरा उठाएर ल्याएको हुँ ।’

किसान राउतसँग उनले ४५ दिनसम्म कुखुरालाई दाना खुवाउन लागेको खर्च व्यहोर्ने गरी आफैंले उधारोमा दिएको कुखुरा उठाएर ल्याएको वडाध्यक्ष बरालको भनाइ छ ।

‘२१ गते बिहान साढे ७ बजेतिर मैले उहाँ (राउत)को फर्मबाट २ सय २३ कुखुरा ल्याएर आएको हुँ । ती कुखुरा मैले नै पहिले उधारोमा दिएको थिएँ । उहाँलाई ४५ दिनसम्म दाना खुवाउँदा लागेको खर्च दिन्छु भनेकै थिए,’ वडाध्यक्ष बरालले भने, ‘पछि उहाँ प्रहरी कार्यालय जानुभएको रहेछ । प्रहरीले छलफल गर्न बोलाउँदा पनि उहाँ सहमतिमा आउनुभएन । उठेर हिँड्नुभएको छ । विभिन्न मिडियामा मैले कुखुरा चोरेको भन्दै समाचार लेखाउनुभएको रहेछ ।’

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  २ : ३७ बजे

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी– जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु

चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।