सञ्चारमाध्यममा प्रयोग हुने सम्बाेधनप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि | Khabarhub Khabarhub

सञ्चारमाध्यममा प्रयोग हुने सम्बाेधनप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले समाचारमा प्रयोग गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाएका छन्।

मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाईँ नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन्।

सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफू अपमानित भएको ठान्ने गरेको बताए। नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजुर भन्दा सारै सानो ठान्न नहुने बताए।

‘सञ्चारमाध्यमबाट हामी छापिएको हेर्छौं। हाम्रो आफ्नो भाषा छ। भाषाको मर्म छ। हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ। हाम्रा सञ्चारमाध्यमलाई हजुर भन्दा साह्रै सानो ठान्छन्। हाम्रो सञ्चार माध्यमलाई अंग्रेजीको कपी गरेर बोलाउँदा मिस्टर/मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ। कसैलाई तपाईँ भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोप समेत सञ्चारमाध्यमलाई लगाए।

उनले नेपाली सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको समेत बताए।  सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरेको बताए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ४ : ५० बजे

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी– जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु

चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।