बागलुङका पाँच रणनीतिक सडकमा रु १० करोड विनियोजन « Khabarhub

बागलुङका पाँच रणनीतिक सडकमा रु १० करोड विनियोजन


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङ जिल्लाका पाँच ठूला रणनीतिक सडकमा रु १० करोड बजेट विनियोजन भएको छ ।

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतका पाँच सडकका लागि एक–एक करोड गरी रु पाँच करोड बजेट विनियोजन भएकोमा जनताको मागलाई सम्बोधन गर्दै प्रत्येक सडकलाई रु दुई–दुई करोड बजेट थप विनियोजन भएको हो ।

ठूला सडकमा रु एक करोडले काम गर्दा बजेटको अपुग हुने भन्दै भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा बजेट थपको पहलपछि रु १० करोड बजेट थप भएर आएको सांसद डा सूर्य पाठकले जानकारी दिए ।

“हामीले आगामी पाँच वर्षभित्रमा बागलुङ क्षेत्र नम्बर १ का पाँच सडकलाई कालोपत्रे सम्पन्न गरिसक्ने योजनाअनुसार लागि परेको छौँ”, पाठकले भने, “त्यसैले बजेट थप भएर आएको छ, बजेटले सडकको स्तरोन्नति र कालोपत्रे गर्न थाल्नेछौँ ।”

बजेट थप भएर आएसँगै पाँच सडकलाई रु तीन–तीन करोड बजेट पुगेको छ । रु एक करोडले रणनीतिक सडकमा काम गर्दा परिणाम नआउने भएका कारण बजेट थपका लागि मन्त्रालयमा निरन्तर पहल थालेपछि बजेट थप गरिएको हो । बजेट विनियोज भएर आएसँगै ठेक्कामार्फत सडक निर्माणको काम थालिनेछ ।

बागलुङ क्षेत्र नम्बर १ का पाँच रणनीतिक सडक र एक निर्वाचन क्षेत्र एक सडक गरी छ वटा सडकमा केन्द्रीय सरकारले लगानी गर्दै आइरहेको छ ।

रणनीतिक सडकमा मध्यपहाडीको लोकमार्गस्थित अछेते हुँदै काठेखोला गाउँपालिकाको भीमापोखरादेखि म्याग्दी जोड्ने सडक, गलुवादेखि भकुण्डे पुग्ने सडक, मालढुङ्गादेखि कुस्मिशेरा हुँदै बरेङ शान्तिपुर सडक, मालढुङ्गा हुँदै पाग्जा, पैयुपाँटा अमलाचौरदेखि कुश्मीसेरा सडक र कैयादेखि कालीगण्डकी करिडोर हुँदै बलेवा भैरवस्थान सडक रहेका छन् ।

उक्त सडकको स्तरोन्नति, पक्की नाली तथा पूर्वाधार तयारसँगै कालोपत्रेका लागि शुरुआत गरिने जनाइएको छ ।

एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत बागलुङ बजारदेखि सिगाना–चापाखर्क हुँदै बरेङ शान्तिपुरसम्मको सडक छनोट भएको छ । सो सडकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गरी बहु–वर्षीयरुपमा बजेट विनियोजन गरी सडक निर्माण हुनेछ । छोटा तथा ग्रामीण सडकमा गण्डकी प्रदेश तथा स्थानीय तहले लगानीसमेत गर्दै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १० : ४५ बजे

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।