चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने « Khabarhub

चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको चपेटामा रहेको चीनको युहानमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते शनिबार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राखिने छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको बताए ।

पहिलो चरणमा १ सय ८५ जनालाई स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको जानकारी दिए ।

सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि लामो समयसम्म छलफल गरेपनि राख्ने ठाउँको टुंगो लगाउन नसक्दा उनीहरुलाई स्वदेश ल्याउने मिति तय गर्न सकेको थिएन ।

चीनबाट स्वदेश फर्काइने नेपालीहरुलाई सुरक्षित तवरले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने व्यवस्था मिलाएसँगै सरकारले उनीहरुलाई फागुन ३ गते नेपाल ल्याउने टुंगो लगाएको हो ।

चीनबाट स्वदेश फर्किनका लागि १ सय ८० जनाले आवेदन समेत दिइसकेका छन् । उनीहरुले आफूहरु चीनमा हालसम्म सुरक्षित रहेको भन्दै चाँडो भन्दा चाँडो नेपाल सरकारले उद्दार गरोस् भन्ने आग्रह गर्दै आएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : ३१ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित