दिल्लीमा फेरि ५ वर्ष केजरीवाल सरकार « Khabarhub

दिल्लीमा फेरि ५ वर्ष केजरीवाल सरकार


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको राजधानी दिल्ली विधानसभा अन्तर्गत भएको निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी भारी मत अन्तरले विजयी भएको छ ।

७० सिट रहेको दिल्ली विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । भारतको निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार आम आदमी पार्टीले ६२ सिटमा जीत हासिल गरेको छ ।

केन्द्रको सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा भने केबल ८ सिटमा सीमित भएको छ । केन्द्रको सत्ताबाहिर रहेको भारतीय कांग्रेस पार्टीसहितका अरु कुनै पनि दलले एउटा पनि सिट जित्न सकेका छैनन् । यसअघि सन् २०१५ मा भएको विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ६७ र भारतीय जनता पार्टीले ३ सिट जितेका थिए ।

यससँगै अरविन्द केजरीवालले थप ५ वर्ष दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् । आम आदमी पार्टीको जीतसँगै हजारौं समर्थकले दिल्लीका सडकमा खुशीयाली मनाएका छन् । निर्वाचनमा विजयी भएका केजरीवाललाई प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, कांग्रेसका प्रभावशाली नेता राहुल गान्धी सहित विभिन्न राजनीतिक दलका नेताहरुले बधाई दिएका छन् ।

निर्वाचनमा विजयी भएपछि मतदातालाई धन्यवाद दिँदै यो जीत सम्पूर्ण मुलुक र दिल्लीवासीको जीत भएका जनाएका छन् । उनले यो निर्वाचनसँगै मुलुकले नयाँ राजनीतिको जन्म दिएको टिप्पणी गरेका छन् ।

आम आदमी पार्टीको जीतलाई दिल्लीमा मोदीको हिन्दु राष्ट्रवादका विरुद्ध प्रगतिशील एवं प्रभावकारी मान्यताको जीतको रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अथ्र्याएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : १५ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार