दिल्लीमा फेरि ५ वर्ष केजरीवाल सरकार | Khabarhub Khabarhub

दिल्लीमा फेरि ५ वर्ष केजरीवाल सरकार


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको राजधानी दिल्ली विधानसभा अन्तर्गत भएको निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी भारी मत अन्तरले विजयी भएको छ ।

७० सिट रहेको दिल्ली विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । भारतको निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार आम आदमी पार्टीले ६२ सिटमा जीत हासिल गरेको छ ।

केन्द्रको सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा भने केबल ८ सिटमा सीमित भएको छ । केन्द्रको सत्ताबाहिर रहेको भारतीय कांग्रेस पार्टीसहितका अरु कुनै पनि दलले एउटा पनि सिट जित्न सकेका छैनन् । यसअघि सन् २०१५ मा भएको विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ६७ र भारतीय जनता पार्टीले ३ सिट जितेका थिए ।

यससँगै अरविन्द केजरीवालले थप ५ वर्ष दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् । आम आदमी पार्टीको जीतसँगै हजारौं समर्थकले दिल्लीका सडकमा खुशीयाली मनाएका छन् । निर्वाचनमा विजयी भएका केजरीवाललाई प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, कांग्रेसका प्रभावशाली नेता राहुल गान्धी सहित विभिन्न राजनीतिक दलका नेताहरुले बधाई दिएका छन् ।

निर्वाचनमा विजयी भएपछि मतदातालाई धन्यवाद दिँदै यो जीत सम्पूर्ण मुलुक र दिल्लीवासीको जीत भएका जनाएका छन् । उनले यो निर्वाचनसँगै मुलुकले नयाँ राजनीतिको जन्म दिएको टिप्पणी गरेका छन् ।

आम आदमी पार्टीको जीतलाई दिल्लीमा मोदीको हिन्दु राष्ट्रवादका विरुद्ध प्रगतिशील एवं प्रभावकारी मान्यताको जीतको रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अथ्र्याएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : १५ बजे

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते