ट्रम्प फेब्रुअरी अन्तिम साता भारत भ्रमणमा आउँदै | Khabarhub Khabarhub

ट्रम्प फेब्रुअरी अन्तिम साता भारत भ्रमणमा आउँदै


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  फेब्रुअरी महिनामा भारतको भ्रमण गर्ने भएका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले यही फेब्रुअरी महिनाको २४ र २५ तारिखमा भारत भ्रमण गर्ने उल्लेख छ ।

भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले राजधानी दिल्लीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर अहमदावादको समेत भ्रमण गर्ने जनाइएको छ ।

भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई अझ नजिक बनाउने ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ । यसअघि दुई नेताबीच गत सेप्टेम्बर महिनामा टेक्सस राज्यको हुस्टन शहरमा ‘हाउडी मोदी’ नामक र्‍यालीमा भेट भएको थियो ।

सन् २००२ मा गुजरातमा भएको मुसलमानविरोधी दंगाका विषयलाई लिएर अमेरिकाले त्यसबेला गुजरात राज्यका मुख्यमन्त्री रहेका मोदीलाई अमेरिका भ्रमणका लागि भिसा दिएको थिएन ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ३७ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग