सय किलोकी बेहुली खोज्दै ४ सय ४५ किलोका अरबाब « Khabarhub

सय किलोकी बेहुली खोज्दै ४ सय ४५ किलोका अरबाब


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तानी हल्क एवम् खानबाबा उपनामले चिनिने २७ बर्षीय अरबाब खिजर ह्यातलाई एक दुलही चाहिएको छ । तर उनकी दुलही हुनका लागी केहि सीमाहरु तोकिएका छन् ।

अर्थात उनकी दुलही हुन चाहने युवती कम से कम १ सय किलोग्रामको हुन अनिवार्य छ ।

पछिल्लो २ बर्षयता इन्टरनेटमा निकै चर्चित बनेका पाकिस्तानी यी हल्क एक वेट लिफ्टर (भारोत्तोलक) हुन् । उनी आफैको वजन पनि सितिमितिको छैन ।

उनी करीब ४ सय ४५ किलोग्रामका छन् । यहि वजन र बडेमानको शरीरका कारण चर्चामा रहेका उनलाई अहिले आफ्नो वजनले नै चिन्तित बनाएको छ । अहिले उनले विवाहको मनसाय बनाए पनि आफु मिल्दो दुलही पाउन सकेका छैनन् ।

आफ्नै वजन झण्डै साढे चार सय किलोग्राम रहेका खानबाबाको परिवारले विवाहका लागी दुलही खोज्ने काम थालेका छन् ।

उनले आफुलाई १ सय किलोग्रामकी दुलही चाहिने शर्त राखेका छन् । यो संगै दुलहीको उचाई छ फीट चार इञ्च हुनुपर्ने, राम्रो खाना पकाउन जान्नुपर्ने लगायतका शर्त छन् ।

खानबाबाको दैनिक आहार १० हजार क्यालोरीको रहने गरेको छ । उनी दैनिक खाजामा ३६ अण्डा खाने गर्दछन् ।

यसका साथै हरेक दिन ४ कुखुरा र पाच लिटर दूध पिउँदै आएका छन् । यतिधेरै मोटोपना भए पनि अहिलेसम्म उनमा कुनै रोग छैन ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ०१ बजे

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ