सय किलोकी बेहुली खोज्दै ४ सय ४५ किलोका अरबाब « Khabarhub

सय किलोकी बेहुली खोज्दै ४ सय ४५ किलोका अरबाब


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तानी हल्क एवम् खानबाबा उपनामले चिनिने २७ बर्षीय अरबाब खिजर ह्यातलाई एक दुलही चाहिएको छ । तर उनकी दुलही हुनका लागी केहि सीमाहरु तोकिएका छन् ।

अर्थात उनकी दुलही हुन चाहने युवती कम से कम १ सय किलोग्रामको हुन अनिवार्य छ ।

पछिल्लो २ बर्षयता इन्टरनेटमा निकै चर्चित बनेका पाकिस्तानी यी हल्क एक वेट लिफ्टर (भारोत्तोलक) हुन् । उनी आफैको वजन पनि सितिमितिको छैन ।

उनी करीब ४ सय ४५ किलोग्रामका छन् । यहि वजन र बडेमानको शरीरका कारण चर्चामा रहेका उनलाई अहिले आफ्नो वजनले नै चिन्तित बनाएको छ । अहिले उनले विवाहको मनसाय बनाए पनि आफु मिल्दो दुलही पाउन सकेका छैनन् ।

आफ्नै वजन झण्डै साढे चार सय किलोग्राम रहेका खानबाबाको परिवारले विवाहका लागी दुलही खोज्ने काम थालेका छन् ।

उनले आफुलाई १ सय किलोग्रामकी दुलही चाहिने शर्त राखेका छन् । यो संगै दुलहीको उचाई छ फीट चार इञ्च हुनुपर्ने, राम्रो खाना पकाउन जान्नुपर्ने लगायतका शर्त छन् ।

खानबाबाको दैनिक आहार १० हजार क्यालोरीको रहने गरेको छ । उनी दैनिक खाजामा ३६ अण्डा खाने गर्दछन् ।

यसका साथै हरेक दिन ४ कुखुरा र पाच लिटर दूध पिउँदै आएका छन् । यतिधेरै मोटोपना भए पनि अहिलेसम्म उनमा कुनै रोग छैन ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ०१ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार