अगुल्टो प्रहारबाट २९ वर्षीया राईको मृत्यु « Khabarhub

अगुल्टो प्रहारबाट २९ वर्षीया राईको मृत्यु


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् ।

छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया निर्मला श्रेष्ठले अगुल्टो प्रहार गर्दा स्थानीय २९ बर्षीया पवित्रा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्मला र पवित्रावीच सामान्य विवाद भएको थियो । सोहि क्रममा निर्मलाले चुलोबाट दाउरो निकालेर पवित्रालाई टाउको र मुखमा हानेकी थिईन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा पवित्राले निर्मलालाई चारित्रिक आरोप लगाएपछि उनले पवित्रामाथि अगुल्टो प्रहार गरेको देखिएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी धुर्वकुमार श्रेष्ठले जानकारी दिए ।

अगुल्टो प्रहारबाट गंभीर घाइते भएकी पवित्रालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटामा ल्याईएको थियो । उपचारकै क्रममा मंगलबार उनको निधन भएको हो ।

अगुल्टो प्रहार गर्ने निर्मलालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ३७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु