सिरहामा पेस्तोल र गोलीसहित एक जना पक्राउ « Khabarhub

सिरहामा पेस्तोल र गोलीसहित एक जना पक्राउ


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- प्रहरीले सिरहा नगरपालिका–२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।

बाटोमा शङ्कास्पदरुपमा हिँडिरहेका अवस्थामा जाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाइएको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : ४७ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड