भारतको ओडिशामा १५ जनाको डुबेर मृत्यु « Khabarhub

भारतको ओडिशामा १५ जनाको डुबेर मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर मृत्यु भएको छ ।

मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको मृत्यु भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघिका वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको मृत्यु हुने गरेकाले स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो ।

प्रशासनले रोक लगाउँदा लगाउँदै पनि नदी तथा पोखरीमा गएर नुहानेको डुबेर मृत्यु भएको हो ।

होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो ।

कटकका जिल्ला कलेक्टर भवानी शङ्कर चयनीले यो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन् । मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने स्थानीय सरकारले घोषणा गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : ४७ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको