काठमाडौँ – पश्चिम वायूको प्रभावले आज मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी तथा मध्य भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहे पनि बाँकी स्थानको मौसम भने सामान्य बदलीको अवस्थामा रहने महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको सूचना अनुसार आगामी तीन दिन नै मौसममा बदली भई बर्षा हावाहुरी र असिना पानीको सम्भावना रहेकाले सतर्कता अपनाउँन पनि आह्वान गरिएको छ ।
प्रतिक्रिया