अल्लोको मास्क उत्पादन शुरु « Khabarhub

अल्लोको मास्क उत्पादन शुरु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् ।

लमहीमा साधारण सुती कपडाको मास्क बनाउन थालिएसँगै घोराहीमा अल्लोको मास्क बनाउन थालिएको छ ।

उत्पादकले यो मास्कलाई स्यानेटाइजर प्रयोग गरी दीर्घकालसम्म प्रयोग हुनसक्ने बताएको छ । अल्लोको मास्क निर्माण गरेर बजारमासमेत ल्याइएको छ । प्रतिमास्कको मूल्य ८० रुपैयाँ निर्धारण गरिएको छ ।

जिल्लाको बजारमा मास्कको अभाव भएको भन्दै स्थानीयस्तरमा समेत मास्कको उत्पादन थालिएको हो । यसले स्थानीयस्तरमा मास्कको अभाव नहुने मास्क उत्पादकले बताएका छन् ।

यसअघि बजारमा अधिकतम उपयोग हुने मास्क चीनमा निर्मित थियो । जसको अधिकत्तम मूल्य रु १० मात्र थियो । बजारमा अभाव चुलिएसँगै प्रतिमास्कको मूल्य रु २५ सम्म पुगेको थियो ।

बजारमा मास्कको अभाव भएपछि प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफकेयर हस्पिटल तुलसीपुरलगायतका स्वास्थ्य संस्थाले स्थानीयस्तरमै निर्मित मास्क आन्तरिक प्रयोजनका लागि उपयोग गर्न थालेका छन् ।

त्यसैगरी देउखुरीको लमहीमा बजारमा पाइने काँचो कपडाबाटै पुनःप्रयोग गर्न सकिने मास्क निर्माण शुरु भई बजारमा समेत आइसकेको छ । चिकित्सकले स्यानेटाइजर छर्केर तथा दैनिकरुपमा सफा गरेको अवस्थामा यो मास्क एक महिनासम्म पनि प्रयोग गर्न सकिने सल्लाह दिएका छन् ।

पछिल्लो समयमा विद्यालयका विद्यार्थीदेखि सरकारी कर्मचारी, व्यवसायी र आम नागरिकमा पनि मास्क लगाउने प्रवृत्ति बढेको छ ।

अहिले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि भन्दै बालबालिका युवा, वृद्धवृद्धा सबैले मास्कको प्रयोग गर्ने थालेका छन् । फलस्वरुप स्थानीय बजारमा मास्कको माग ह्वातै बढेको व्यवसायी बताउँछन् । चाइनाबाट आउने मास्कको निर्यात बन्द भएपछि नेपालभरिनै मास्कको अभाव भइरहेको छ । कच्चा पदार्थ निर्यातमा समेत चीनले प्रतिबन्ध लगाइसकेको मास्क आयातकर्ता कम्पनीले बताएका छन् ।

अहिले स्थानीय बजारमा मास्कको चर्को अभाव देखिएको छ । केही दिनअघिबाट यहाँ उत्पादन गरिएको अल्लोको कपडाबाट निर्माण गरिएको मास्क बजारमा आएपछि यहाँका उपभोक्ताले केही राहत महसुस गरेको बताइएको छ । चिनारी महिला साझेदारी अल्लो उद्योग समूहले अल्लोको मास्क निर्माण गरेर बजारमा ल्याएको समूहका अध्यक्ष प्रेमकुमारी पुनले बताए ।

यसअघि मास्क उत्पादन नगरे पनि मास्कको अभाव भएको कुरा आएपछि मास्क उत्पादन शुरु गरेको उनको भनाइ छ । यसलाई उनीहरुले व्यावसायिकतामा समेत जोडेका छन् ।

अब व्यवसायिक रुपमा उत्पादन गरेर आन्तरिक माग खपत गर्ने योजनाका साथ अगाडि बढ्ने उनले बताए । लागत मूल्यमा केही मुनाफा राखेर मास्कको बजार मूल्य निर्धारण गरिएको उनको भनाइ छ ।

अल्लोबाट उत्पादन गरिएको मास्क धोएरसमेत प्रयोग गर्ने सकिने छ । अन्य मास्क धोएर पुनः प्रयोग गर्ने नमिल्ने अध्यक्ष पुनको भनाइ छ । अल्लोवाट निर्माण भएकाले यो मास्क जैविक वस्तु भएकाले स्वस्थ रहेकोसमेत उनको दाबी छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : ५९ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष