कोरोना भाइरस : संक्रमण ११९ देशमा, ४२ सय ९५ को मृत्यु « Khabarhub

कोरोना भाइरस : संक्रमण ११९ देशमा, ४२ सय ९५ को मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ ।

कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमितको संख्या १ लाख १९ हजार १ सय ७९ पुगेको छ ।

कोरोना संक्रमितमध्ये ६६ हजार ६ सय १७ जना बिरामी ठीक भएर घर फर्किएका छन् । ठीक भएर घर फर्कनेको संख्या चीनमा बढी रहेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अन्य देशमा तीव्र रुपमा कोरोना फैलिएपनि चीनमा भने नियन्त्रणको क्रममा रहेको छ । चीनमा अहिले ८० हजार ७ सय ७८ जना संक्रमित छन् । जहाँ ६१ हजार ४ सय ८१ जना ठीक भएर घर फर्किएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा कोरोनाका नयाँ बिरामी २४ जनामात्र फेला परेका छन् । कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउने चिनियाँको संख्या भने ३ हजार १ सय ५८ पुगेको छ ।

त्यस्तै इटालीमा संक्रमित १० हजार १ सय ४९ जना छन् । नयाँ संक्रमितको संख्या ९ सय ७७ पुगेको छ । त्यस्तै इटालीमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ ।

त्यस्तै इरानमा २ सय ९१, दक्षिण कोरियामा ६०, फ्रान्समा ३३, स्पेनमा ३६, अमेरिकामा ३० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ८ : ०८ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको