आफैंले घरमै बनाउन सकिन्छ सुरक्षित मास्क « Khabarhub

आफैंले घरमै बनाउन सकिन्छ सुरक्षित मास्क


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको त्रास बढेसँगै बजारमा सर्जिकल तथा सामान्य मास्कहरुको अभाव देखिएको छ ।

पहिला पहिला चोक–चोक र हरेक औषधि पसलमा सर्जिकल मास्क सजिलै पाइन्थ्यो तर आजभोली औषधि पसलको अगाडी मास्क छैन भनेर लेखिएको बोडहरु मात्र देखिन्छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिममा राखेको छ ।

मानिसहरुमा कोरोना भाइरसको संक्रमणको त्रास बढ्दै गर्दा केही व्यापारीहरुले भने त्यसको गलत फाइदा उठाउदै मास्कमागि पनि कालोबजारी गरिरहेका छन् ।

बजारमा मास्क अभाव भएसँगै मुल्य पनि निकै बढेको छ । यस्तो अवस्थामा मानिसहरुमा कोरोनाको त्रास झनै बढेको देखिन्छ । बजारमा मास्क अभाव हुँदैमा वा मुल्य बढी भएमा अब चिन्ता लिनु पर्दैन ।

संक्रामक रोगको जोखिमबाट बच्च अब आफैले घरमै पनि मास्क बनाउन सकिने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् । डा पाण्डेका अनुसार मास्क र स्यानिटाइजर आफैले बनाउन सकिन्छ ।

आफैले कसरी बनाउने मास्क ?

–  राम्रो कटनको डबल लेयर मास्क घरमै सिलाउन सकिन्छ । मास्क बनाउँदा नाकको माथिल्लो भागमा लचक भएको प्लास्टिक राख्नुपर्छ । चारैतिरबाट हावा नछिर्ने गरि बनाउन सकिन्छ ।

– ह्याण्ड स्यानिटाइजर पनि घरमै बनाउन सकिन्छ । आइसोप्रोपाइल अल्कोहल वा इथानोल वा स्प्रिट र त्यो पनि नपाए ६५-९० प्रतिशत अल्कोहल युक्त कडा रक्सी ( रुसमा भोड्का पनि प्रोग गर्ने प्रचलन छ ।) मा एक तिहाइ घ्युकुमारीको गुदी मिसाउने ।

अनि ल्वांगको तेल वा लिभेंडर वा कागती थोरै मिसाएर तथा राम्रोसँग फिटेर साना साना बट्टामा राख्न सकिन्छ । त्यो मिश्रण ८ – १० थोपा हातमा राखेर प्रायो गर्न सकिन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : ३३ बजे

छैठौं टाइगर कपमा एनसेलको सहकार्य

काठमाडौं– एनसेलले पोखरामा आयोजना हुने राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर

यसपटकको निर्वाचनमा राप्रपा एक्लै भिड्छ : अध्यक्ष लिङ्देन

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा लगायत अन्य

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

विष्णुमती नदी सरसफाइ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका खोलानाला सरसफाइ अभियानमा तीव्रता