नेपाली सेनाका अर्का अधिकृतले पाए राष्ट्र संघमा उच्च तहको जिम्मेवारी « Khabarhub

नेपाली सेनाका अर्का अधिकृतले पाए राष्ट्र संघमा उच्च तहको जिम्मेवारी


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका अर्का एक अधिकृतले संयुक्त राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी सम्हाल्न पाउने भएका छन् ।

नेपाली सेनाका सहायक रथी दिपक कुमार बानियालाई संयुक्त राष्ट्रसंघको दक्षिण सुडान मिसन (युएनएमआईएसएस)मा सेक्टर कमाण्डरको जिम्मेवारी मिलेको हो ।

राष्ट्रसंघको दक्षिण सुडान मिसनमा फोर्स कमाण्डर र डेपुटी फोर्स कमाण्डरपछि सेकटर कमाण्डर तेस्रो उच्च तहको पद हो ।

हाल उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरी बलबाट गरी करिक २ हजार सुरक्षाकर्मी शान्ति सैनिकको रुपमा परिचालित छन् ।

उक्त मिसनको फोर्स कमाण्डरको रुपमा भारतीय सेनाका रथी (लेफ्टीनेन्ट जर्नेल) शैलेश तिनैकर छन् ।

यसअघि नेपाली सेनाका तर्फबाट सहायक रथी नैनराज दाहालले पनि उक्त मिसनमा सेक्टर कमाण्डरको जिम्मेवारी सम्हालि सकेका छन् ।

संयुक्त राष्ट्रसंघको दक्षिण सुडान मिसनमा नर्थ, इस्ट, वेस्ट, साउथ र जुवा गरी ५ वटा सेक्टरहरु छन् ।

नेपाली सेनाका उपरथी ईश्वर हमालले केही दिन अगाडि मात्रै संयुक्त राष्ट्र संघको अनफड मिसनमा फोर्स कमाण्डरको जिम्मेवारी पाएका थिए ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वा शान्ति स्थापनार्थ सेना परिचालन गर्ने १ सय २२ देशमध्ये नेपाल चौथो स्थानमा छ ।

हाल नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट गरी ५ हजार ६ सय ५८ सुरक्षाकर्मी शान्ति सेनाको रुपमा परिचालित छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : ३४ बजे

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा