प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने सम्भावना : डा शाह « Khabarhub

प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने सम्भावना : डा शाह


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएपछि आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएकाले डिस्चार्जको सम्भावना रहेको बताइन् ।

‘उहाँको स्वास्थ्य राम्रो छ’ डा शाहले भनिन्,‘ हेरेर पठाउन मिल्ने भयो भने आज पठाइन्छ ।’ तर मंगलबार प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा नै राख्ने जनाइएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी गराउन नियमित रुपमा दिउँसो चार बजे आयोजना गरिने गरिएको पत्रकार सम्मेलन पनि आज केही ढिला गरि हुने उनले जानकारी दिइन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपनि सार्वजनिक कार्यक्रम र व्यक्तिहरुसँगको भेटघाट गर्न नमिल्ने चिकित्सकहरुले बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा नै प्रधानमन्त्री ओलीका लागि आइसोलेसन वार्डको तयारी गरिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलालाई पनि अस्पतालले आजै डिस्चार्ज गरेको छ ।

उनको स्वास्थ्य अवस्था राम्रो भएका कारण डिस्चार्ज गरिएको डा शाहले जानकारी दिइन् । डिस्चार्ज हुनुअघि प्रधानमन्त्री ओली र संग्रौलाबीच भेट भएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ४ : ०४ बजे

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया