अपहरणमा परेको भन्दै आफ्नै बुवासँग २१ लाख फिरौती माग्ने युवक पक्राउ « Khabarhub

अपहरणमा परेको भन्दै आफ्नै बुवासँग २१ लाख फिरौती माग्ने युवक पक्राउ


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आफ्नै बुवासँग अपहरण परेका नाटक गरी फिरौती रकम माग्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बुढीगङ्गा गाउँपालिका–३ बाँसबारी घर भएका शिवनारायण महतोका २४ वर्ष छोरा मुकेशकुमार महतो छन् ।

प्रहरीका अनुसार मुकेशले फागुन २३ गते दिउँसो आफ्ना बुवा शिवनारायणलाई फोन गरेर आफू अपहरणमा परेको बताएका थिए ।

अपहरणकारीले ३० लाख रुपैयाँ फिरौती मागेको भन्दै उनले पैसा तिरेर आफूलाई छुटाउन भन्दै बुवा शिवनारायणलाई फोन गरेका थिए ।

शिवनारायणले त्यसको दोस्रो दिन (फागुन २४ गते) मात्रै आफ्नो छोरा अपहपरणमा परेको भन्दै प्रहरीमा खबर गरेका थिए ।

पछि फागुन २६ गते मुकेशले बुवा शिवनारायणलाई फोन गर्दै अपहरणकारीलाई २१ लाख रुपैयाँ तिरे पुग्ने भन्दै तत्काल पैसाको व्यवस्था गर्न भनेका थिए ।

शिवनारायणले पनि छोरा मुकशले भनेजस्तै १८ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको चेकसहितको झोला विराटनगर महानगरपालिका–४ मा नहर नजिक झ्याङमा राखेका थिए ।

शिवनारायणको सूचनाका आधारमा पैसा राखिएको ठाउँमा पुगेको प्रहरीले बुढीगङ्गा गाउँपालिका–३ कै २५ वर्षीय कृष्ण राजवंशीलाई पक्राउ ग¥यो । शिवनारायणको घरमा मुन्सीको काम गर्ने कृष्णमाथि अनुसन्धान गर्ने क्रममा मुकेशले नै अपहरणमा परेको नाटक गरेको देखियो ।

प्रहरीले मुकेशलाई नै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउँदा उनले आफ्नो बुवासँग पैसा माग्न लाज लागेपछि अपहरणमा परेको नाटक गरेको बताए ।

मुकेशले यसअघि एकजना मिटरब्याजीबाट ५ लाख रुपैयाँ ऋण लिँदा उनको परिवारले ९६ लाख रुपैयाँ तिर्नु परेको थियो ।

पछिल्लो समय पनि आफूले विभिन्न ठाउँबाट लिएको ऋण बढ्दै गएपछि पैसा माग्न नसकेर अपहरणमा परेको नाटक गर्नु परेको मुकेशले बयानमा बताएका छन् ।

अपहरणको नाटक गरेर आफ्ना बुवासँग फिरौतीको रुपमा लिएको १८ लाख नगदमध्ये उनले १ लाख ४७ हजार रुपैयाँ विभिन्न ठाउँमा गरी खर्च गरेको भेटिएको छ । बाँकी १६ लाख ५३ हजार र ३ लाख रुपैयाँ बराबरको चेक बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ४ : १६ बजे

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता

कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्सँगै अब संसदीय समितिका बैठक

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी