अपहरणमा परेको भन्दै आफ्नै बुवासँग २१ लाख फिरौती माग्ने युवक पक्राउ « Khabarhub

अपहरणमा परेको भन्दै आफ्नै बुवासँग २१ लाख फिरौती माग्ने युवक पक्राउ


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आफ्नै बुवासँग अपहरण परेका नाटक गरी फिरौती रकम माग्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बुढीगङ्गा गाउँपालिका–३ बाँसबारी घर भएका शिवनारायण महतोका २४ वर्ष छोरा मुकेशकुमार महतो छन् ।

प्रहरीका अनुसार मुकेशले फागुन २३ गते दिउँसो आफ्ना बुवा शिवनारायणलाई फोन गरेर आफू अपहरणमा परेको बताएका थिए ।

अपहरणकारीले ३० लाख रुपैयाँ फिरौती मागेको भन्दै उनले पैसा तिरेर आफूलाई छुटाउन भन्दै बुवा शिवनारायणलाई फोन गरेका थिए ।

शिवनारायणले त्यसको दोस्रो दिन (फागुन २४ गते) मात्रै आफ्नो छोरा अपहपरणमा परेको भन्दै प्रहरीमा खबर गरेका थिए ।

पछि फागुन २६ गते मुकेशले बुवा शिवनारायणलाई फोन गर्दै अपहरणकारीलाई २१ लाख रुपैयाँ तिरे पुग्ने भन्दै तत्काल पैसाको व्यवस्था गर्न भनेका थिए ।

शिवनारायणले पनि छोरा मुकशले भनेजस्तै १८ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको चेकसहितको झोला विराटनगर महानगरपालिका–४ मा नहर नजिक झ्याङमा राखेका थिए ।

शिवनारायणको सूचनाका आधारमा पैसा राखिएको ठाउँमा पुगेको प्रहरीले बुढीगङ्गा गाउँपालिका–३ कै २५ वर्षीय कृष्ण राजवंशीलाई पक्राउ ग¥यो । शिवनारायणको घरमा मुन्सीको काम गर्ने कृष्णमाथि अनुसन्धान गर्ने क्रममा मुकेशले नै अपहरणमा परेको नाटक गरेको देखियो ।

प्रहरीले मुकेशलाई नै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउँदा उनले आफ्नो बुवासँग पैसा माग्न लाज लागेपछि अपहरणमा परेको नाटक गरेको बताए ।

मुकेशले यसअघि एकजना मिटरब्याजीबाट ५ लाख रुपैयाँ ऋण लिँदा उनको परिवारले ९६ लाख रुपैयाँ तिर्नु परेको थियो ।

पछिल्लो समय पनि आफूले विभिन्न ठाउँबाट लिएको ऋण बढ्दै गएपछि पैसा माग्न नसकेर अपहरणमा परेको नाटक गर्नु परेको मुकेशले बयानमा बताएका छन् ।

अपहरणको नाटक गरेर आफ्ना बुवासँग फिरौतीको रुपमा लिएको १८ लाख नगदमध्ये उनले १ लाख ४७ हजार रुपैयाँ विभिन्न ठाउँमा गरी खर्च गरेको भेटिएको छ । बाँकी १६ लाख ५३ हजार र ३ लाख रुपैयाँ बराबरको चेक बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ४ : १६ बजे

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय