प्रधानमन्त्री स्वास्थ्य अवस्था सामान्य : डा खड्गा « Khabarhub

प्रधानमन्त्री स्वास्थ्य अवस्था सामान्य : डा खड्गा


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मिर्गौला प्रत्यारोपण गरिएको ८ औं दिनसम्म आइपुग्दा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेम कृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौला आजै डिस्चार्ज भएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा दुस्प्रचार भएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीलाई सिंगापुर वा अमेरिका कतै लैजानु पर्ने अवस्था नरहेको उनले बताए ।

थापाका अनुसार प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने र पछिल्ले स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकहरु छलफलमा रहेका छन् । ‘प्रधानमन्त्रीलाई बालुवाटार पठाउने बारे र पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकहरु छलफलमा हुनुहुन्छ’ थापाले भने ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह शाहले ‘पठाउन मिल्ने अवस्था भए आजै डिस्चार्ज गर्ने’ बताएको भएपनि अस्पताले जारी गरेको विज्ञप्तिमा भने केही उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : २१ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने