प्रधानमन्त्री स्वास्थ्य अवस्था सामान्य : डा खड्गा | Khabarhub Khabarhub

प्रधानमन्त्री स्वास्थ्य अवस्था सामान्य : डा खड्गा


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मिर्गौला प्रत्यारोपण गरिएको ८ औं दिनसम्म आइपुग्दा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेम कृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौला आजै डिस्चार्ज भएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा दुस्प्रचार भएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीलाई सिंगापुर वा अमेरिका कतै लैजानु पर्ने अवस्था नरहेको उनले बताए ।

थापाका अनुसार प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने र पछिल्ले स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकहरु छलफलमा रहेका छन् । ‘प्रधानमन्त्रीलाई बालुवाटार पठाउने बारे र पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकहरु छलफलमा हुनुहुन्छ’ थापाले भने ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह शाहले ‘पठाउन मिल्ने अवस्था भए आजै डिस्चार्ज गर्ने’ बताएको भएपनि अस्पताले जारी गरेको विज्ञप्तिमा भने केही उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : २१ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार