राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्ने प्रस्ताव रुसी संसदद्वारा पारित « Khabarhub

राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्ने प्रस्ताव रुसी संसदद्वारा पारित


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल थप १२ वर्ष लम्ब्याउने विषयमा रुसी संसदले संविधान संशोधन प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।

राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ, तर नयाँ प्रस्ताव अनुसार उनी सन् २०२४ पछि अरु १२ वर्ष राष्ट्रपति हुन बाटो खुल्ला हुनेछ ।

राष्ट्रपति पुटिनको नियन्त्रणमा रहेको तल्लो सदन स्टेट डुमामा भएको मतदानमा संविधान संशोधनको पक्षमा ३८३ मत र विपक्षमा शून्य मत परेको थियो । सदनमा ४३ जना अनुपस्थित रहेका थिए ।

संसदबाट स्वीकृत भएको संविधान संशोधनसम्बन्धी उक्त प्रस्तावमाथि आगामी अप्रिल २२ मा जनमत संग्रह हुनेछ । उक्त कदमको विरोधीहरुले भने राष्ट्रपतिको भत्र्सना गर्दै यसविरुद्ध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

तत्कालीन सोभियत संघको खुफिया निकाय केजीबीका पूर्व अधिकारी ६७ वर्षीय पुटिनले रुसी सत्ता सम्हालेको दुई दशक भन्दा बढी भइसकेको छ । दुई पटक पूरै चार वर्षे कार्यकाल राष्ट्रपति भएपछि उनी सन् २००८ मा प्रधानमन्त्री बनेका थिए । पुटिन प्रधानमन्त्री बनेका बखत उनको स्थानमा उनकै विश्वासपात्र दिमित्री मेद्भेदेभ राष्ट्रपति बनेका थिए ।

तत्कालीन राष्ट्रपति मेद्भेदेभका बेला राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको थियो । सन् २०१२ मा पुटिन फेरि राष्ट्रपति बने र सन् २०१८ मा उनी पुनः ६ वर्षका लागि राष्ट्रपति चयन भएका थिए ।

डुमाले बुधबार पारित गरेको संविधान संशोधन प्रस्ताब बमोजिम राष्ट्रपति पुटिनले सन् २०२४ पछि अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न पाउनेछन् । यसबारे जनमत संग्रह हुनुअघि त्यहाँको संवैधानिक अदालतले डुमाको प्रस्तावमाथि विचार गर्नेछ ।

डुमाले गरेको संशोधन प्रस्तावले रुस सरकारको कार्यकारी शक्ति अरु मजबूत गर्ने तथा राष्ट्रपतिको अधिकार क्षेत्रलाई अझ व्यापक बनाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : ०७ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्