कर्णालीमा पाठ्यपुस्तक नपुगेपछि उच्च अदालतमा रिट « Khabarhub

कर्णालीमा पाठ्यपुस्तक नपुगेपछि उच्च अदालतमा रिट


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कर्णाली प्रदेशका हिमाली जिल्लामा नयाँ शैक्षिकसत्र शुरु भइसक्दा समेत पाठ्यपुस्तक नपुगेपछि उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ ।

हुम्ला, डोल्पा, कालीकोट, मुगु र जुम्लामा शैक्षित्र सत्र शुरु भएको तेस्रो साताभन्दा बढी समयसम्म विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले रिट दायर गरेको हो ।

इन्सेकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँ, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर, राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् र जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरलाई विपक्षी बनाउँदै बुधबार रिट दायर गरेको हो ।

त्यसैगरी विपक्षीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा विकास निर्देशनालय रहेका छन् । इन्सेकले जुम्ला, मुगु, डोल्पा, हुम्ला र कालीकोटका एकाइ प्रमुख, शिक्षा विकास तथा समन्वयसमेतलाई विपक्षी बनाई रिट दायर गरेको छ ।

कर्णाली प्रदेशका हिमाली जिल्लामा माघ २५ देखि नयाँ शैक्षित्र सत्र शुरु भएको हो ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ८ : १५ बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्