पूर्व स्थानीय विकासमन्त्री शेर्माको निधन « Khabarhub

पूर्व स्थानीय विकासमन्त्री शेर्माको निधन


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधन भएको छ ।

७६ वर्षको उमेरमा बुधवार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

लामो समयदेखि मिर्गौला पीडित शेर्माको ललितपुरकाे निदान अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पाँचथरको पहिलेकाे सराङडाँडा गाविसमा २००० साल असोज महिनामा जन्मिएका शेर्मा २०५७ देखि ०६७ सालसम्म दुई कार्यकाल नेपाली कांग्रेस पाँचथरको सभापति समेत बनेका थिए ।

उनी २०६४ सालको संविधान सभाको चुनावमा पाँचथर क्षेत्र नम्बर–१ बाट निर्वाचित हुँदै स्थानीय विकासमन्त्री बनेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ८ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै