कोरोना प्रतिबन्ध उल्लघंन गर्ने अस्ट्रेलियाली मन्त्री नै कारबाहीमा « Khabarhub

कोरोना प्रतिबन्ध उल्लघंन गर्ने अस्ट्रेलियाली मन्त्री नै कारबाहीमा


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाईरस नियन्त्रणको प्रतिबन्ध उल्लघंन गरेको भन्दै अस्ट्रेलियाका एक राज्यमन्त्री कारवाहीमा परेका छन् ।

न्यु साउथ वेल्स राज्यका कलामन्त्री डन हार्विनलाई नियम तोडेको आरोपमा प्रहरीले १ हजार डलर जरिवाना तिराएको हो ।

मन्त्री हार्विन सेन्ट्रल कोष्टको आफ्नो होलिडे हाउसमा बस्न गएका थिए । न्यु साउथ वेल्स राज्यले भाईरस फैलन नदिन, सबै नागरिकलाई शहरी क्षेत्रबाट ग्रामिण भेगमा यात्रा नगर्न र नबस्न निर्देशन दिएको छ ।

तर, यो नियमको उल्लघंन गर्दै मन्त्री हार्विन भने आफ्नो पर्ल विचको घरमा बस्न गएका थिए । गत बुधवार मन्त्री हार्विन होलिडे घरमा बसिरहेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको थियो । त्यसपछि बिहिबार उनी पर्लविचबाट सिड्नी फर्किएपछि प्रहरीले जरिवाना तिराएको हो ।

कोरोना फैलन नदिन नियम तोड्नेलाई स्थानिय प्रहरीलाई ठाउको ठाउको जरिवाना तिराउन सक्ने अधिकार दिईएको छ ।

न्यु साउथ वेल्सका प्रहरी आयुक्त माईक फुलरले कोही पनि कानुनभन्दा माथी नरहेको स्थानिय मिडियालाई बताए । उनले भने -‘जो कोहीले कानुन तोड्ने कार्य गर्छ भने त्यसको अनुसन्धान हुन्छ र कानुन अनुसारको कारवाहीको भागिदार हुनुपर्छ ।’

आफ्नो मन्त्रीको हर्कतलाई न्यु साउथ वेल्सका मुख्यमन्त्री (प्रिमियर)ग्याल्डिस बेरजेकलिनले निकै दुखद भएको बताईन । उनले भनिन् कानुनभन्दा माथी कोही छैन ।

यो घटनापछि मुख्यमन्त्री ग्याल्डिसमाथी मन्त्री हार्विनलाई बर्खास्त गर्न दवाव परेको छ । उता मन्त्री हार्विनले आफु होलिडे होममा ३ हप्तादेखि बसिरहेको र स्वास्थ्य परिक्षणका लागि मात्र एक चोटी सिड्नी आएको प्रतिक्रिया दिएका छन् । उनले आफु होलिडे होममै बसेर काम गरेको बताएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ०३ बजे

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा