वर्ष २०७६ मा काठमाडौं महानगर : कामभन्दा कुरा धेरै, मोनो रेल कागजमा सीमित | Khabarhub Khabarhub

वर्ष २०७६ मा काठमाडौं महानगर : कामभन्दा कुरा धेरै, मोनो रेल कागजमा सीमित


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको जिभ्रोमै झुण्डिएको छ- स्मार्ट सिटी ।

उनले चुनावी घोषणापत्रमा आफ्नो कार्यकालमा राजधानी शहर काठमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने प्रतिबद्धता जनाएका थिए । निर्वाचित भएपछि स्मार्ट सिटी बनाउने योजना पनि सार्वजनिक गरे ।

शाक्य नेतृत्वको महानगरपालिकाले के गर्‍यो त वर्ष २०७६ मा ?

खुलामञ्चमा डोजर

आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरले भन्ने गरेको छ- महानगर क्षेत्रभित्रका सार्वजनिक जग्गाको अतिक्रमण रोकी संरक्षणलाई प्राथामिकतामा राखी काम गरिनेछ ।

यसो भने पनि खाली जमिन सुरक्षित राख्न महानगरले निकै सकस झेल्नु परेको छ । पुरानो बसपार्कमा भ्यु टावर बनाउने जिम्मा लिएको जलेश्वर स्वच्छन्द र बिकोइ कम्पनीले कामचलाउ बसपार्क रहेको खुलामञ्चमा आफूखुसी ४२ वटा सटर बनायो र भाडामा लगायो ।

महानगरपालिकाले २०७६ को सुरुमै ती सटरमाथि डोजर चलायो । महानगरका प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा ठेक्का सम्झौता विपरीत निर्माण गरिएका ती सटर वैशाख १४ गते भत्काइए । यसमा प्रधानमन्त्रीको आदेश भएको चर्चा पनि भयो ।

महानगरको यो कामको सराहना भयो ।

इन्द्रजात्रामा विदेशी पाहुना

महानगरले इन्द्रजात्रा अवलोकन गर्न विश्वका विभिन्न नगरका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गर्‍यो ।

जसमा ६ वटा देशबाट भगिनी सम्बन्ध भएका १३ वटा नगरबाट ५ जना मेयरसहित ४० जनाभन्दा बढी पाहुना आए । ती पाहुनाले इन्द्रजात्रासहित उपत्यकाका धार्मिक तथा पर्यटकीय स्थलहरू अवलोकन गरे ।

यो आमन्त्रणमा महानगरले नेपाल भ्रमण वर्ष २०२० लाई पनि केन्द्रमा राखेको थियो ।

अलपत्र योजना

महानगरका केही योजनाहरू भने शाक्यको कार्यालयभरि नै अलपत्र पर्ने देखिन्छन् । कतिपय योजनाहरू हरेक वर्ष प्रतिबद्धतामा दोहोरिएका छन् । कार्यकाल भने तीन वर्ष पूरा हुनै लागेको छ ।

जसमध्यको एउटा हो, ‘मोनो रेल’ । मेयर शाक्यले काठमाडौंभित्र मोनो रेल सञ्चालन गर्ने मुख्य प्रतिबद्धता जनाएका थिए । निर्वाचित भएपछि हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रममा रेलको कुरा समावेश गर्ने गरेका छन् । तर, मनो रेलको डीपीआर नै बन्न नसकेको बताउँछन् महानगरका प्रवक्ता ईश्वरमान डंगोल ।

‘चिनियाँ कम्पनी सीसीआरसीसी २५औँ ब्युरोले १४ महिनाअघि डीपीआरको जिम्मा पाएको थियो,’ डंगोलले भने, ‘यसमा केही ढिलाइ भएकै हो ।

विकास निर्माणका काम र शहरी सुव्यवस्थामा ससाना कुराबाटै फड्को मार्ने महानगरप्रमुख विद्यासुन्दर शाक्यले बताउने गरेका छन् । उनले भनेअनुसार काठमाडौंलाई स्मार्ट सिटी बनाउन निकै कठिन रहेको अनुभव उनले गरेको जस्तो देखिन्छ ।

नगरमा रात्रिकालीन बस सञ्चालन गर्ने योजना पनि छ काठमाडौं महानगरको । चालु आर्थिक वर्षमा पूरा भइसक्नुपर्ने यो योजना अलपत्र छ । रात्रिकालीन बस सञ्चालन हुन सकेको छैन ।

विकास निर्माणका काम र शहरी सुव्यवस्थामा ससाना कुराबाटै फड्को मार्ने शाक्यले बताउने गरेका छन् । उनले भनेअनुसार काठमाडौंलाई स्मार्ट सिटी बनाउन निकै कठिन रहेको अनुभव उनले गरेको जस्तो देखिन्छ ।

महानगरले यो वर्ष सार्वजनिक गरेका योजनाहरू कति कार्यान्वयन भए र कति अलपत्र छन् त ?

यस्ता थिए केही योजना !

नीति तथा कार्यक्रममा अण्डरग्राउन्ड पार्किङको कुरा थियो ।

महानगरले आफ्नो अधिकार क्षेत्रभित्रका सडक तथा साँस्कृतिक, धार्मिक पार्क र स्थलको स्तरोन्नति, महानगर क्षेत्र भएर बग्ने नदीको संरक्षण, महानगरको कार्यालय भवन निर्माण, फोहोरमैलाको दिगो व्यवस्थापन, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माणजस्ता कार्यक्रमहरू समेटिएका थिए । कार्यान्वयनको पाटो भने धेरै फितलो छ ।

महानगरले नुवाकोटस्थित डम्पिङ साइट सिसडोललाई व्यवस्थित गर्दै ०७७ वैशाखदेखि बञ्चरे डाँडामा उपत्यकाको फोहोर विसर्जन गर्ने भनेको थियो । यो लक्ष्य पूरा नहुने भएको छ ।

कोटेश्वर नजिकै तीनकुनेको ४५ रोपनी जग्गामा बुद्ध पार्क बनाउने भनिए पनि मुआब्जा विवादका कारण योजना अलपत्र छ । महानगरले गत असोजमा चिनियाँ राष्ट्रपति सि चिन फिङको स्वागतका लागि २६ लाख रुपैयाँ खर्च गरेर तीनकुने चिटिक्क पार्‍यो । बालुवा र धुलोले छोपिएको चउर बगैँचा बन्यो ।

जसै चिनियाँ राष्ट्रपतिको भ्रमण सकियो, बगैँचाको सौन्दर्य पनि सकियो । चुचे ढुङ्गो उही टुङ्गो भयो ।

महानगरले माइतीघर मण्डलदेखि बानेश्वर हुँदै तीनकुनेसम्म साढे २ किलोमिटर साइकल लेन बनाउने भन्यो । त्यसको गुरुयोजनाबारे गत मंसिरमै छलफल भए पनि कहिलेसम्म टुंगो लागेको छैन ।

त्यस्तै, शहरी यातायात व्यवस्थापन नीतिअन्तर्गत निश्चित स्थानमा ‘भेहिकल फ्रि जोन’ बनाउने भनिए पनि कार्यान्वयन हुन सकेको छैन । महानगरभित्रका चोकहरूमा आधुनिक ट्राफिक बत्ती जडान गर्ने, विभिन्न स्थानमा ‘भर्टिकल पार्किङ’ र ‘अण्डरग्राउण्ड पार्किङ’ बनाउने योजना पनि त्यतिकै छन् ।

स्मार्ट पार्किङ भन्दै गत भदौमा काठमाडौंका विभिन्न ६ स्थानमा मोवाइल एपमार्फत बुकिङको सुविधासहित पार्किङको व्यवस्था गरिएको थियो ।

महानगरसँगको सम्झौतामा सडकको एक छेउमा सवारीसाधन पार्किङ गर्ने भनिएको छ । यस्तो पार्किङले सडक साँघुरो भएको र आवतजावत असहज भएको भन्दै हुने गरेको छ ।

विद्युतीय सवारीसाधन सञ्चालन गर्न महानगर र साझा यातायातको साझेदारी पनि अलपत्र परेको छ ।

यातायात व्यवस्थासम्बन्धी ऐन

‘महानगरले काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ राजपत्रमा प्रकाशित गरी सवारी तथा यातायात सुरधारको प्रयास गर्‍यो ।

उक्त ऐनमा सार्वजनिक यातायातमा अनिवार्य टिकट, कात्तिकदेखि माघसम्म बिहान ५ बजेदेखि र राति ९ बजेसम्म सञ्चालन, सार्वजनिक यातायातको चालक तथा सहचालक हुन कम्तीमा १० कक्षा पासको योग्यता, नक्कली कार्ड देखाउनलेलाई २ हजार रुपैयाँ जरिवाना जस्ता प्रावधान छन् ।

११ वटा रमणीय पार्क

महानगरपालिकामा विभिन्न क्षेत्रमा हरियाली तथा रमणीय पार्क निर्माण गर्ने योजना केहीमात्रमा कार्यान्वयनमा छ ।

महानगरले चालु आर्थिक वर्षमा ४० वटा आयोजना निर्माणको लक्ष्यमध्ये ११ वटा रमणीय पार्क र ४ वटा वडा कार्यालयसहित सार्वजनिक शौचालय, सत्तल, मठमन्दिर र सम्पदा मार्ग रहेका छन् ।

क्लिन द सिटी

महानगरले शहर सफा राख्ने अभियानअन्तर्गत ‘क्लिन द सिटी’ कार्यक्रम चलाएको छ । उपप्रमुख खड्गीको जिम्मवारीमा रहेको यस कार्यक्रमले शहरी क्षेत्रमा फोहोरमैला व्यवस्थापनका लागि जनपरिचालन गरी फोहोर संकलन तथा जैविक मल र कौसीखेती प्रवद्र्धन कार्यक्रम चालु छ ।

ग्रिन द सिटी

महानगरपालिकामा हरियाली प्रवद्र्धन गर्न ‘ग्रिन द सिटी’ कार्यक्रम चलाइएको छ । यसअन्तर्गत सडक करिडोरमा विरुवा रोप्ने र हुर्काउने काम भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ११ : ४७ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ