चीनमा २९ लाख कोरोना संक्रमित भएको अमेरिकन थिंक ट्यांकको दावी « Khabarhub

चीनमा २९ लाख कोरोना संक्रमित भएको अमेरिकन थिंक ट्यांकको दावी


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसको संक्रमितको संख्या २९ लाख  भन्दा बढी रहेको एउटा अध्ययन प्रतिवेदनले दावी गरेको छ ।

कोरोना संक्रमितबारे चिनियाँ अधिकारीको दावीलाई चुनौती दिने गरीको अमेरिकन इन्टरप्राइजेज इन्ष्टिच्युट (एइआई) को उक्त प्रतिवदेनमा चीनमा १० हजार नभई २९ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित रहेको दावी गरिएको छ ।

अप्रिल ७ मा सार्वजनिक गरिएको उक्त प्रतिवदेनमा २९ लाख हाराहारी चिनयाँहरु कोरोना भाइरसबाट संक्रमित भएको उक्त अध्ययनमा सह्रिक अमेरिकी थिंक ट्यांक डेरेक सिसर्सले दावी गरेका छन् ।

चीनको वुहानमा कोरोनाका महामारी फैलिएपछि पनि लाखौं मानिस अन्यत्र यात्रा गरेकाले संक्रमितको संख्या चीनभरी २९ लाख हाराहारी रहेको सिसर्सले बताएका छन् ।

जवकी चीनले कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको भन्दै कोरोनाको उद्भव मानिएको वुहानमा लकडाउन समेत हटाइसकेको छ।

चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट अहिलेसम्म चीनमा ८२ हजार मानिस संक्रमित भएको र अब १ हजार हाराहारीमात्रै निको हुन बाँकी रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ११ : ३६ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर