अमेरिकामा भोकै मर्न लागेको भन्दै भाइरल बनेका नेपाली युवाको दाबी झुटो | Khabarhub Khabarhub

अमेरिकामा भोकै मर्न लागेको भन्दै भाइरल बनेका नेपाली युवाको दाबी झुटो


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको भर्जिनियामा बस्दै आएको बताउने एक नेपाली युवाले  भोकभोकै मर्न लागेको भन्दै रुवाईकराई गरेको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

भर्जिनियामा हास्य कलाकार पुष्कर पन्तको घरमा  भाडामा बस्दै आएका पवन चापागाईँ नामका यी व्यक्तिको रोधन भने खासमा झूटो सावित भएको छ ।

उनी २२ महिनादेखि फेयरफ्याक्स अन्नाडेलमा पन्तको घरमा भाडामा बस्दै आएका छन् । उनले भर्जिनियाको बर्कमा रहेको सेभेन इलाभेन स्टोरमा काम गर्दै आएका छन् । पन्तका अनुसार उनी अहिले पनि नियमित काममा नै छन् ।

बिहान ५ बजेतिर काममा जाने उनी राति ८ बजेतिर आइपुग्छन् । सेभेन इलाभेन स्टोरमा काम गरिरहेका उनलाई भर्जिनिया निवासी पुरु सुवेदीले पनि उनलाई शुक्रबार विहान पनि काम गर्ने स्थानमा नै गएर भेटेको पन्तले जानकारी दिए ।

उनका अनुसार न ती युवा भोकै छन्, न काम गुमाएका नै छन्, न घरबाट निकालिएका नै छन् ।

यो भिडियोमा ती युवाले बताएका अधिकांश कुराहरु गलत छन् । उनले भिडियोमा बताएका अधिकांश कुराहरु गलत भएको तथ्य फेला परेको छ ।

खासमा यस्तो छ वास्तविकता

भिडियोमा उनले बजारमा कुनै पनि खानेकुरा नभएको भएपनि खानै नहुने, षडेगलेको र विषादी भएको कुरा बेच्न राखेको बताएका छन् ।

जुन शतप्रतिशत गलत रहेको छ । अमेरिकाको खाद्य एवं औषधि प्रशासनले कुनै पनि खानै नहुने र विषादीयुक्त खानाहरु बेच्न प्रतिबन्ध लगाएको छ ।

जनताको स्वास्थ्यमा असर गर्ने, विषादी भएका खानेकुराहरु कसैले बेचेमा उनीहरुलाई कारवाही हुन्छ र कतै संक्रमित भएका वा गलत तरिकाले लेवल लगाइएका खाद्य सामग्री बजारबाट फिर्ता लगिन्छ ।

खाद्य सामग्रीमा समस्या भएमा कसरी रिपोर्ट गर्ने ? यहाँ क्लिक गर्नुहोस्

त्यस्तै अमेरिकामा राष्ट्रब्यापी रुपमा खाद्य सामग्रीको अभाव भएको छैन । ग्रोसरी स्टोरदेखि डेलिभरी गर्ने रेष्टुरेण्टसम्म अत्यावश्यक बिजनेशका रुपमा खुला रहेका छन् ।

कोरोनाको महामारीको सुरुका दिनमा केही स्टोरहरुमा सामान सप्लाई कम भएको थियो । तर अहिले खाद्य सामाग्री अभाव भएको छैन ।

ती युवाले दावी गरेजस्तो भर्जिनियामा त्यस्तो समस्या कतैपनि छैन । अमेरिकामा विभिन्न सिटीले निशुल्क खानाको व्यवस्था पनि गरेका छन् । कतिपय स्थानमा विभिन्न गैरनाफामुलक संस्थाहरुले पनि यस्तो व्यवस्था गरेका छन् ।

भर्जिनियामा निशुल्क खाना कहाँ पाउने यहाँ क्लिक गर्नुहोस् ।

ती युवाले आफूलाई फेलोनी २ लागेकाले काम नपाएको बताएका छन् । तर आफूसँग नयाँ गाडी, बैंक एकाउन्ट, मोबाइल फोन र क्रेडिट कार्डहरु भएको बताएका छन् । जुन विरोधाभाषपूर्ण रहेको छ । यस्तो अपराध गरेको व्यक्तिलाई आजिवन जेल वा कम्तीमा २० बर्ष जेल र १ लाख डलरसम्म जरिवानाको व्यवस्था हुन्छ । कस्तो कस्तो अपराधलाई फेलोनी २ भनिन्छ यो सुचीमा हेर्नुहोस् ।

उनको मुद्दा चलिरहेको बताइए पनि फेलोनी २ भए नभएको स्पष्ट छैन । उनीसँगै बस्ने मान्छेले केस हालेको जनाइएको छ ।

अमेरिकामा दशौं लाख कागजपत्रविहिन रहेका छन् । कागजपत्रविहिनहरुले समेत काम गरिरहेको अवस्थामा अरुले कामै नपाउने भन्ने कुरा झूठो हो ।

कर्पोरेट र सरकारी बाहेकका अधिकांश काममा व्यक्तिको अपराधको पृष्ठभूमिसमेत जाँच हुँदैन ।

उनले आफूलाई कोरोना आउनसक्छ भनेर घरबाट निकालिएको बताएका छन् । अमेरिकामा यसरीले कसैलाई घरबाट निकाल्न पाईदैन ।

कसैले त्यस्तो गरेमा ३११ व ९११ मा फोन गरेर जानकारी दिन सकिन्छ । अमेरिकामा कोरोना प्रभावित नेपालीहरुलाई विभिन्न सामाजिक नेपाली संघ संस्थाहरुले सहयोग गरिरहेका छन् ।

भिडियोमा भनिएजस्तो सास फेरेपछि कोरोना सर्छ भनेर नेपालीहरु भाग्ने गरेको सत्य होइन ।

कुनै नेपालीलाई समस्या परेमा उनीहरुले दूतावास वा कन्सुलेटमा सम्पर्क गर्न सक्छन् । त्यसका लागि दूतावास र कन्सुलेटका ४ वटा फोनलाईन २४ सै घण्टा खुल्ला रहने गरेका छन् ।

यावत तथ्यले उनले झूट बोलेर भाइरल बनिरहेको प्रष्टिएको छ । यसले उल्टै नेपालीहरुलाई परदेशमा समेत बदनाम गराउन काम गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ५ : ३९ बजे

मुल्तानी माटो एक, अनुहार, छाला र कपाललाई फाइदा अनेक

काठमाडौं– गर्मीयाममा पिम्पल, दाग, छालामा फुस्रो हुने, चिलाउने जस्ता समस्या

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

इटहरी– यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी

नेप्से प्रमुखको अग्निपरीक्षा, पूरा होलात लगानीकर्ताको सपना ?

काठमाडौं– धेरै समयको रस्साकस्सीपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन,