लकडाउन थप गर्ने पक्षमा भारतीय प्रधानमन्त्री मोदी « Khabarhub

लकडाउन थप गर्ने पक्षमा भारतीय प्रधानमन्त्री मोदी


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतमा लकडाउनको अवधि थप्ने पक्षमा प्रधानमन्त्री नरेन्द्र मोदी रहेको बताएका छन् ।

शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गरेका थिए 

त्यसक्रममा धेरै मुख्यमन्त्रीहरूले मानिसहरूको हिँडडुलमा प्रतिबन्ध लगाउने कार्य जारी राख्नु पर्ने सुझाव दिएका थिए।

दिल्लीका मुख्यमन्त्री केजरीवालका अनुसार आउने मङ्गलवारसम्म जारी रहने भनिएको लकडाउनको अवधि थप गर्न प्रधानमन्त्री मोदी सहमत भएका थिए ।

महाराष्ट्र राज्यले ३० एप्रिलसम्म लकडाउनको अवधि बढाउने निर्णय गरिसकेको बीबीसी हिन्दीले जनाएको छ ।

भारतमा कोरोनभाइरसका कारण लगाइएका प्रतिबन्धहरूका कारण मानिसहरूले सास्ती पाएका र अर्थतन्त्र प्रभावित भएको भन्दै चिन्ता व्यक्त भइरहेका छन् ।

कोरोना भाइरसले भारतमा अहिलेसम्म ७हजार ६०० जना सङ्क्रमित भएका छन् र त्यहाँ २४९ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ५६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

पर्सा– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट