बिहारमा एकैदिन ८५ जना संक्रमित थपिँदा प्रदेश दुईमा कोरोनाको उच्च जोखिम « Khabarhub

बिहारमा एकैदिन ८५ जना संक्रमित थपिँदा प्रदेश दुईमा कोरोनाको उच्च जोखिम


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढिरहेको छ । लकडाउन जारी रहँदा पनि संक्रमितको संख्या बढिरहेको हो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६७ हजार १ सय ५७ जनामा कोरोना भाइरसको स्रक्रमण पुष्टि भएको छ । संक्रमणका कारण २ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाका कारण महाराष्ट्र, गुजरात तथा राजधानी दिल्ली नराम्रोसँग प्रभावित भएका छन् । महाराष्ट्रमा २२ हजार १ सयभन्दा धेरै जना संक्रमित भएका छन् भने ८ सय ३२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै गुजरातमा ८ हजार १सय ९४ जना प्रभावित भएका छन् जहाँ ४सय ९३ जनाले ज्यान गुमाएका छन् ।

नेपालसँग सीमा जोडिएको बिहारमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । बिहारमा ६९६ जनामा संक्रमण देखिएको छ भने ६ जनाको ज्यान गएको छ । नेपालसँग सीमा जोडिएका पश्चिम वंगाल र बिहारमात्र ३ सय २१ संक्रमित थपिएका छन् । बिहारमा एकैदिन ८५ जनामा संक्रमण देखिएको छ ।

नेपालमा जोखिम

भारतीय राज्य विहारमा कोरोना संक्रमित थपिँदै जाँदा नेपालमा समेत जोखिम बढेको छ ।

प्रदेश नम्बर दुईका ८ जिल्लासँग सीमाना जोडिएका विहारका ४ जिल्लामा ५१ भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । प्रदेश २ को ४ सय ६५ किलोमिटर सिमाना भारतको विहार राज्यका विभिन्न जिल्लासँग जोडिएको छ ।

कोरोनाको जोखिम बढ्दै जाँदा दैनिक रुपमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयको संख्या बढेको समाचारहरु सार्वजनिक भएका छन् ।

सीमावर्ती क्षेत्रमा संक्रमणको दर बढ्दै जाँदा नेपाल छिर्ने क्रम तीव्र बन्दा प्रदेश–२ मा संक्रमणको जोखिम थपिएको हो । प्रदेश–२ पछिल्लो तीन दिनमा मात्रै लुकिछिपी नेपाल प्रवेश गरेका तीन सय नेपालीलाई नियन्त्रणमा लिएर भारततर्फै पठाइएको छ । महोत्तरी, धनुषा र सप्तरीको सीमा नाकाबाट उनीहरुलाई फर्काइएको हो ।

प्रदेश २ मा पर्सा, रौतहट, सर्लाही र बाराका गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : ३४ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल