बिहारमा एकैदिन ८५ जना संक्रमित थपिँदा प्रदेश दुईमा कोरोनाको उच्च जोखिम « Khabarhub

बिहारमा एकैदिन ८५ जना संक्रमित थपिँदा प्रदेश दुईमा कोरोनाको उच्च जोखिम


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढिरहेको छ । लकडाउन जारी रहँदा पनि संक्रमितको संख्या बढिरहेको हो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६७ हजार १ सय ५७ जनामा कोरोना भाइरसको स्रक्रमण पुष्टि भएको छ । संक्रमणका कारण २ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाका कारण महाराष्ट्र, गुजरात तथा राजधानी दिल्ली नराम्रोसँग प्रभावित भएका छन् । महाराष्ट्रमा २२ हजार १ सयभन्दा धेरै जना संक्रमित भएका छन् भने ८ सय ३२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै गुजरातमा ८ हजार १सय ९४ जना प्रभावित भएका छन् जहाँ ४सय ९३ जनाले ज्यान गुमाएका छन् ।

नेपालसँग सीमा जोडिएको बिहारमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । बिहारमा ६९६ जनामा संक्रमण देखिएको छ भने ६ जनाको ज्यान गएको छ । नेपालसँग सीमा जोडिएका पश्चिम वंगाल र बिहारमात्र ३ सय २१ संक्रमित थपिएका छन् । बिहारमा एकैदिन ८५ जनामा संक्रमण देखिएको छ ।

नेपालमा जोखिम

भारतीय राज्य विहारमा कोरोना संक्रमित थपिँदै जाँदा नेपालमा समेत जोखिम बढेको छ ।

प्रदेश नम्बर दुईका ८ जिल्लासँग सीमाना जोडिएका विहारका ४ जिल्लामा ५१ भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । प्रदेश २ को ४ सय ६५ किलोमिटर सिमाना भारतको विहार राज्यका विभिन्न जिल्लासँग जोडिएको छ ।

कोरोनाको जोखिम बढ्दै जाँदा दैनिक रुपमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयको संख्या बढेको समाचारहरु सार्वजनिक भएका छन् ।

सीमावर्ती क्षेत्रमा संक्रमणको दर बढ्दै जाँदा नेपाल छिर्ने क्रम तीव्र बन्दा प्रदेश–२ मा संक्रमणको जोखिम थपिएको हो । प्रदेश–२ पछिल्लो तीन दिनमा मात्रै लुकिछिपी नेपाल प्रवेश गरेका तीन सय नेपालीलाई नियन्त्रणमा लिएर भारततर्फै पठाइएको छ । महोत्तरी, धनुषा र सप्तरीको सीमा नाकाबाट उनीहरुलाई फर्काइएको हो ।

प्रदेश २ मा पर्सा, रौतहट, सर्लाही र बाराका गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : ३४ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुपक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको