सधैंको विवाद समाधानका लागि सीमामा काँडेतार लगाउँ : नेता नेपाल « Khabarhub

सधैंको विवाद समाधानका लागि सीमामा काँडेतार लगाउँ : नेता नेपाल


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतले नेपाली भूमिमा बनाएको सडकका बारे तत्काल भारत सरकारसँग कुरा गर्नुपर्ने जनाएका छन् ।

कोरोना महामारीलाई देखाएर सरकार पन्छन नमिल्ने उनको भनाइ छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार विहान सिंहदरबारमा बसेको बैठकमा समिति सदस्य नेता नेपालले भूमि मिचिएको विषयमा सरकारले कोरोनालाई देखाएर पन्छन नमिल्ने बताएका हुन् ।

‘भूमि अतिक्रम भएको जस्तो गम्भीर विषयमा सरकार कोरोना महामारीलाई देखाएर सरकार चुप लागेर बस्न मिल्दैन’, नेता नेपालले भने, ‘तत्काल सक्रिय हुन जरुरी छ ।’

भारतसँगको खुल्ला सीमाका कारण विभिन्न समयमा समस्या आइरहने गरेको भन्दै नेता नेपालले सीमामा काँडेतार र पर्खाल लगाउनेसम्मका काममा सरकार अघि बढ्नुपर्ने बताए ।

नेपालमा भारत विरोधी भाव बढिरहेको प्रति भारतले विचार गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : ५६ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुपक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको