दुई महिनापछि वुहानमा कोरोनाको संक्रमण बढ्यो, शुलान शहर पूर्ण लकडाउन « Khabarhub

दुई महिनापछि वुहानमा कोरोनाको संक्रमण बढ्यो, शुलान शहर पूर्ण लकडाउन


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसबाट ११ जना सङ्क्रमित फेला परेपछि चीनको एउटा शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन गरिएको छ।

उत्तर कोरियासँग सीमा जोडिएको जिलिन प्रान्तमा रहेको शुलानमा ११ जनामा सङ्क्रमण देखिएको थियो। ती सबै सङ्क्रमित एक महिलासँग सम्बन्धित रहेको बताइएको छ।

ती ४५ वर्षीया महिलाले आफ्नो पति, दिदी-बहिनी र अन्य परिवारका सदस्यहरूलाई कोरोनाभाइरस सारेको बताइएको छ। तर ती महिलाले कतै यात्रा भने नगरेको अधिकारीहरूले बताएका छन्।

शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरिएको र त्यहाँ सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। सार्वजनिक यातायात बन्द गरेर शहरलाई उच्च जोखिमको वर्गीकरणमा राखिएको छ।

चीनको वुहान शहरमा स्थानीय सङ्क्रमणबाट फैलिएको कोरोनाभाइरसका नयाँ घटनाहरू देखा परेका छन्। अधिकारीहरूले नयाँ पाँच सङ्क्रमितहरू एउटै आवास क्षेत्रका भएको बताएका छन्।

महामारी घोषणा भएयता मार्च ११ पछि वुहानमा एकै दिनमा सङ्क्रमितहरू पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

वुहान कोरोनाभाइरस सङ्क्रमण शुरू भएको केन्द्रविन्दु हो र त्यहाँ केही दिनदेखि नयाँ सङ्क्रमित देखिएका थिएनन्।

गत मार्च महिनामा सङ्क्रमित भएका एकजना ८९ वर्षीय पुरुष बिरामी वरपरका मानिसमा सङ्क्रमण भएको पाइएको हो। ‍

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ४३ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल