अहिले स्पेनलाई फुटबलको आवश्यकता परेको छ – रामोस « Khabarhub

अहिले स्पेनलाई फुटबलको आवश्यकता परेको छ – रामोस


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रियल मड्रिडका कप्तान सर्जियो रामोसले नोबेल कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिइरहँदा स्पेनलाई फुटबलको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् ।

रामोसले कोरोना माहामारीले संकट शृजना गरेको उल्लेख गर्दै देशका लागि आर्थिक र भावनात्मक रुपमा फुटबल आवश्यक रहेको बताएका हुन् ।

जारी लिग बीचैमा रोकिएपछि कसरी फुटबलको पुनरागमन होला भन्ने छलफलमा उनले कोभिड १९ बाट माथि उठ्न फुटबल आवश्यक रहेको बताएका छन् ।

‘फुटबल फर्किन समय चहिन्छ । अहिले देशलाई आर्थिक संकटबाट जोगिन फुटबलको आवश्यकता छ यसले जनताको ध्यान तान्न सफल हुनेछ,’ रोमोसलाई उदृत गर्दै मार्काले लेखेको छ’ हामी ला लिगामा सामान्य रुपमा फर्किन चहान्छौं ।’

खेलमा फर्किँदा खेलाडी तथा क्लबले अनुसाशनको पालना गर्नु पर्नेमा उनले जोड दिएका छन् । रामोसले छिट्टै मैदान फर्किने सन्देश दिएका छन् ।

ला लिगा कोरोनाकै बीच शूरु हुनेबारे छलफल भइरहेको छ । लिग सूचारु भए दर्शकविना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ला लिगामा बार्सिलोना शीर्ष स्थानमा छ भने रियल दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : ५८ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर