सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो « Khabarhub

सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ घर भएका १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको स्वाब परीक्षणका क्रममा सप्तरीका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

डा अधिकारीका अनुसार हालसम्म संक्रमित युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सप्तरीका थप १ जना युवामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  २ : ०८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार