प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डलबाट अर्को ‘गल्ती’– मनमोहन सिंहको फ्यान अकाउन्टमा स्वास्थ्य लाभको कामना « Khabarhub

प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डलबाट अर्को ‘गल्ती’– मनमोहन सिंहको फ्यान अकाउन्टमा स्वास्थ्य लाभको कामना


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री मनमहोन सिंहलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोमबार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले अस्पतालमा उपचाररत भारतका पूर्व प्रधानमन्त्री सिंहलाई स्वास्थ्य लाभको कामना व्यक्त गरेका हुन् ।

तर, प्रधानमन्त्री ओलीको ट्वीटरबाट मनमोहन सिंहको आधाकारिक नभइ फ्यान अकाएन्टलाई मेन्सन गरेर स्वस्थ्य लाभको कामना व्यक्त गरिएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा मनमोहन सिंह लेखिएको @PManmohansingh ह्यान्डललाई मेन्सन गरेर स्वास्थ्य लाभको कामना गरेका छन् । जुन ह्यान्डल सिंहको आधारिक अकाउन्ट नभइ फ्यान अकाउन्ट हो । यद्यपि केही समय अगाडि मात्रै ओलीको ट्वीटलाई सच्याइएको छ ।

छातीमा समस्या देखिएपछि सिंहलाई आइतबार साँझ अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले सिंहको स्वास्थ्य अवस्था सामान्यछ ।

यसअघि पनि प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डलबाट भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीको एउटा ट्वीट रिट्वीट भएको थियो ।

कांग्रेसी आईकी नेतृ गान्धीको ट्वीटर ह्यान्डलबाट जारी गरिएको भारत सरकारले जारी गरेको नागरिकता कानूनविरुद्धको भिडियोसहितको ट्वीटलाई प्रधानमन्त्री ओलीको ह्यान्डलबाट रिट्वीट गरिएको थियो ।

उक्त प्रकरणको छानबिन समेत गर्ने भनिएको थियो । छानबिनका क्रममा प्रधानमन्त्री ओलीको ट्वीटर अकाउन्टको ‘मिस यूज’ गरिएको भन्ने विषय बाहिर ल्याइए पनि कसले ‘मिस यूज’ गरेको थियो भन्ने विषय भने सार्वजनिक गरिएन ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : ०९ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव