प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डलबाट अर्को ‘गल्ती’– मनमोहन सिंहको फ्यान अकाउन्टमा स्वास्थ्य लाभको कामना « Khabarhub

प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डलबाट अर्को ‘गल्ती’– मनमोहन सिंहको फ्यान अकाउन्टमा स्वास्थ्य लाभको कामना


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री मनमहोन सिंहलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोमबार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले अस्पतालमा उपचाररत भारतका पूर्व प्रधानमन्त्री सिंहलाई स्वास्थ्य लाभको कामना व्यक्त गरेका हुन् ।

तर, प्रधानमन्त्री ओलीको ट्वीटरबाट मनमोहन सिंहको आधाकारिक नभइ फ्यान अकाएन्टलाई मेन्सन गरेर स्वस्थ्य लाभको कामना व्यक्त गरिएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा मनमोहन सिंह लेखिएको @PManmohansingh ह्यान्डललाई मेन्सन गरेर स्वास्थ्य लाभको कामना गरेका छन् । जुन ह्यान्डल सिंहको आधारिक अकाउन्ट नभइ फ्यान अकाउन्ट हो । यद्यपि केही समय अगाडि मात्रै ओलीको ट्वीटलाई सच्याइएको छ ।

छातीमा समस्या देखिएपछि सिंहलाई आइतबार साँझ अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले सिंहको स्वास्थ्य अवस्था सामान्यछ ।

यसअघि पनि प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डलबाट भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीको एउटा ट्वीट रिट्वीट भएको थियो ।

कांग्रेसी आईकी नेतृ गान्धीको ट्वीटर ह्यान्डलबाट जारी गरिएको भारत सरकारले जारी गरेको नागरिकता कानूनविरुद्धको भिडियोसहितको ट्वीटलाई प्रधानमन्त्री ओलीको ह्यान्डलबाट रिट्वीट गरिएको थियो ।

उक्त प्रकरणको छानबिन समेत गर्ने भनिएको थियो । छानबिनका क्रममा प्रधानमन्त्री ओलीको ट्वीटर अकाउन्टको ‘मिस यूज’ गरिएको भन्ने विषय बाहिर ल्याइए पनि कसले ‘मिस यूज’ गरेको थियो भन्ने विषय भने सार्वजनिक गरिएन ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : ०९ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका